८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

राईनो कपः नेपालगन्ज ११ बिरुद्ध ब्याईज युनियन काठमाडौं १-४ ले बिजयी

८ कार्तिक २०७३, सोमबार १२:१४

गोपिकृष्ण चापागाई/ कात्तिक ८, नवलपरासी । नवलपरासीको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको आजको खेलमा ब्याईज युनियन क्लब काठमाडौं बिजयी भएको छ । नेपालगन्ज ११ सँगको खेलमा ब्याईज युनियनले १ का बिरुद्ध ४ गोल हान्दै बिजयी भएको हो । 

पहेँलो जर्सिमा खेल मैदानमा उत्रिएको ब्याईज युनियनको तर्फबाट जर्सि नं. ३ का अफ्रिकन खेलाडी कोन्डाले ३ गोल हानेर टिमलाई जिताउन सफल भए । खेलको २७ औं मिनेटमा पहिलो गोल, दोस्रो हाफको ७ औं मिनेटमा दोस्रो गोल र दोस्रो हाफको १६ औं मिनेटमा तेस्रो गोल गरेका थिए । साथै ब्याईज युनियनकै तर्फबाट जर्सि नं. २९ का बिनोद लामाले खेलको ४१ औं मिनेटमा १ गोल गर्न सफल भए ।

निलो जर्सिमा खेल मैदानमा उत्रिएको नेपालगन्ज ११ को तर्फबाट जर्सि नं. ८ का जुडामणी चौधरीले खेलको दोस्रा हाफको २२ औं मिनेटमा १ गोल गरेका थिए । 

यसका साथै भोलीको सेमिफाइनल खेलका लागी संकटा क्लब काठमाडौं र जगदम्बा लुम्बिनी क्लब भिड्ने आयोजकले बताएको छ । साथै सेमिफाइनल खेलबाट खेल हेर्न दर्शकहरुका लागी टिकट दर रु. ३० बाट रु. ५० बनाइएको आयोजकले जानकारी दिएको छ । खेल दिउँसोको ३ बजे देखी सुरु हुनेछ ।


संरक्षणका लागी खेलकुद भन्ने उदेश्यका साथ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र
एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।

तस्बिरः सागर पोख्रेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता