८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सुनवलमा तेस्रोपटक उद्योग व्यापार मेला हुने

८ कार्तिक २०७३, सोमबार १३:४९

रविन्द्र यादव/ कार्तिक ८, नवलपरासी । नवलपरासीको सुनवलमा तेश्रो पश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७३ आयोजना हुन लागेको छ । कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गर्ने उद्देश्यले यस अद्योगिक व्यपार मेलाको आयोजना हुन लागेको हो ।

शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार मुल नाराका साथ आयोजना हुन लागेको व्यपार मेलामा जिल्लालाई कृषि पर्यटन र औद्योगिक जिल्लाको रुपमा परिचत गराउदै धार्मिक, पर्यटकिय क्षेत्रको विकास गराउने उद्योग वाणिज्य संघ नवलपरासीकोउद्देश्य रहेको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आजको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । 

सम्रग जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि तथा लघु उद्यमका उपजहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रि बजारसम्म व्यापक प्रचार प्रसार गराउदै शिक्षा, स्वास्थय रसुचनाको प्रविधिलाई समेत प्रवद्र्धन संघले लक्ष्य बोकेकोसंघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो ।

आगामी मंसिर २३ गतेदेखि संचालनहुन लागेको मेलामा ३ सय स्टल रहने, करिब ३ लाख दर्शकले अवलोक गर्ने र मेलामा करिब ७ करोड को आर्थिक कारोबार हुनेसंघले अनुमान गरेको अध्यक्ष थापाले बताउनु भयो । मेलाको मुख्य आकर्षण भगवान गौतम बुद्धको आमा माया देवीको मन्दिरको आकारको मुल गेट रहने छ भनेमेलामा सुचना प्रबिधि (आईटी) कृषि, पर्यटन,सांस्कृति, बाल उद्यान लगायत मेलाको आकर्षण रहनेसंघका महासचिव गिरीराज पाण्डेले बताउनु भयो । 

औद्योगि व्यापार मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माणसमाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन रसूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु राखिने संघले जनाएको छ । व्यापार मेलाबाट अद्योगिक तथा कृषिका उत्पादित बस्तुहरुको गुणस्तर पहिचानतथा बजार विस्तार गर्ने, जिल्लाको धार्मिक तथा पर्यटकयि क्षेत्रको अन्तरष्ट्रिय रुपमा परिचित गराउने, सबैको सुचनामा पहुँच बढाउने यस मेलाका उपलब्धि रहने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता