८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेपाल संवत ११३७ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना ¥याली गर्ने

९ कार्तिक २०७३, मंगलवार १३:२४

कात्तिक ९| पोखरा |

नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३७ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना र्याली हुने भएको छ । कार्यक्रमको बारेमा जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा खलका अध्यक्ष अशोक पालिखेले कात्तिक १५ गते भिन्तुना र्याली गरिने बताए ।

नेपालीहरुको महान पर्व दिपावली अन्र्तगतको नेवारी समुदायमा प्रचलित म्ह पुजाको दिन बाट नयाँ बर्ष प्राराम्भ हुने हुँदा उक्त दिन हरेक बर्ष जस्तै यस बर्ष पनि पोखरामा भिन्तुना र्यालीमा बिभिन्न जातजातीका झाँकी सहित पोखरा नगर परिक्रमा गरिने पालिखेले बताए ।

र्याली पोखराको टुँडिखेलबाट शुरु भई मुख्य बजार परिक्रमा गरि नेवा छेँ भिमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत हुनेछ । भिन्तुना र्यालीमा नेवारी संस्कृतिमा आधारित बिभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरिने छ । र्यालीमा सम्पुर्ण जातजातीहरुलाई आ–आफ्नो भेषभुषामा सहभागी भई मौलिक संवत नेपाल संवतको प्रचार प्रसारमा सघाउन पनि आयोजकले आग्रह गरेको छ ।

कार्यक्रमलाई प्रचारप्रसार गर्न साईकल सिटी पोखरा तथा नेवा पत्रकार पुच पोखराको सहआयोजनामा साइकल र्याली हुने र्याली संयोजक सन्जय मल्लले बताए । साइकल र्याली नेपाल संवत शुरु हुने पुर्व सन्ध्या अर्थात लक्ष्मी पुजाको दिन आयोजना गरिने छ । कात्तिक १४ गते आइतबार बिहान ७ बजे प्रचारात्मक साईकल र्याली नेवा छेँ भिमसेन टोल बाट शुरु भएर पोखरा उपत्यका परिक्रमा गर्ने मल्लले बताए । जम्मा १८ किलोमिटरको रुट तय गरिएको र्यालीमा २ सय जना साइकलिष्टको सहभागी रहने अपेक्षा आयोजकले लिएको छ ।

नेपाल संवतकै अवसरमा भैरब साँस्कृतिक संरक्षण समिती, लायन्स क्लब अफ पोखरा भैरब र शिब मन्दिर संरक्षण समितीको संयुक्त आयोजनामा कात्तिक १४ गते लक्ष्मी पुजाको दिन नेपाल संवत तथा दिपावलीको शुभकामना र रक्तदान कार्यक्रम हुने भएको छ । भैरबटोल साँस्कृतिक संरक्षण समितीको प्राङ्गण भैरबटोलमा बिहान ८ बजे कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् ।

साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिररे नेपाल सम्बत चलाएका हुन् । सरकारले नेपाल सम्बतका प्रबर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको सम्वत हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता