२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

अर्खलेको युवा क्लव पुनः सक्रिय, नेता विष्टले सहयोग गर्ने

१० कार्तिक २०७३, बुधबार १२:५३

प्रेम सुनार/कात्तिक १०, गुल्मी । २०५७ सालमा स्थापना र २०६२ सालमा दर्ता भई केहि समय सक्रिय भएको र पछि लामो समय निष्कृय रहेको गुल्मी अर्खलेको एक क्लव पुनः सक्रिय भएको छ  । श्री समाजसेवा युवा क्लव रेसुङ्गा  नगरपालिका ४ अर्खले यसरी सक्रिय हुन थालेको हो ।  

उक्त क्लवलाई  नेकपा एमालेका केन्द्रिय सचिव तथा गुल्मी  क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले थप सक्रिय पार्न सहयोग गर्ने उद्घोष समेत गरेका छन् । क्लवले भलिवल प्रतियोगिताको आयोजना गरी सक्रियताको पाईला चालेको हो । नेता विष्टले उद्घाटन गरेको भलिवल प्रतियोगिता ३ दिन सम्म सञ्चालन भएको थियो । 

प्रतियोगितामा दर्जनौं टिमलाई पछाडी पार्दै स्वयम आयोजक टिम श्री समाज सेवा युवा क्लव अर्खले प्रथम भएको छ । दृतिय विहानी युवा क्लव बडागाउँ भएको छ । तुफान युवा क्लज मुसिकोट तृतिय भएको छ । विजयी प्रथम , दृतिय र तृतियलाई क्रमशः ३० हजार २० हजार १० नगद पुरस्कार मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । 

प्रथम पुरस्कारको शैजन्य रेसुङ्गा नगरपालिका ४ अर्खले घर भई हाल अष्ट्रेलियामा कार्यरत शशिध्वज थापाले गरेका थिए । सेउवा घर भई हाल अमेरिकामा पत्रकारिता गरिरहेका किशोर पन्थीले २० हजार राशीको पुरस्कार शौजन्य गरेका थिए । जर्सी शौज्यन्य अर्खले निवासी सुरेन्द्र थापाले गरेका थिए ।

 निष्कृय रहेको क्लवलाई रेमलाल वस्यालले गत वर्ष देखि सक्रिय पारेका हुन् । उनको अध्यक्षतामा गत वर्ष क्लवलाई पुनरगठन गरिएको थियो । प्रतियोगिताको उद्घाटन नेता विष्टले गरेका थिए । समापन समारोहमा भलिवल संघ गुल्मीका अध्यक्ष झकबहादुर मिदुनको प्रमुख आपतथ्यता थियो

।  त्यस्तै नेकपा एमाले रेसुङ्गा नगरकमिटीका ंसंयोजक डिल्लीराज भुसाल, खेलकुद विकास समितिका सदस्य मनोज काउछा, रेफ्री एवं राष्ट्रिय भलिवल खेलाडीद्धयः  किशोर केसी, हिरा पुन लगायतको विशेष आतिथ्यता थियो ।

क्लवका अध्यक्ष रेमलाल वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रीराम महतको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव