कात्तिक ११, उदयपुर | बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, उदयपुर | बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फै"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

पिताले बलात्कार गरेपछि मामाको शरणमा पुगेकी किशोरी मामाबाटै बलात्कृत

२०७३, ११ कार्तिक बिहीबार ०५:३२

कात्तिक ११, उदयपुर | बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजलासले किशोरी बलात्कार गर्नेहरुविरुद्ध हालै जेलसजाय र आर्थिक जरिवानाको फैसला गरेको अदालतका स्रेस्तेदार रितबहादुर मगरले बताए ।

किशोरी बलात्कार गर्ने बुबालाई २२ वर्ष जेल सजाय र रु ५० हजार आर्थिक जरिवाना तोकिएको अदालतले जनाएको छ ।

यस्तै किशोरीको मामालाई ११ वर्ष जेल सजाय र रु १० हजार जरिवाना तथा दाजुलाई आठ वर्ष कैद र रु १० हजार जरिबानासहितको फैसला भएको छ ।

किशोरीको आमा डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि बुबाले उनलाई ६ महिनादेखि करणी गर्दै आएका थिए । आफ्नो बुबाले करणी गरेपछि किशोरी भागेर मावली गएकामा त्यहाँ पनि मामाले पटक–पटक बलात्कार गरेका थिए ।

मामाबाट बच्न भागेर फेरि गाउँमा आएर आफन्त दाजुको शरण लिएकी उनलाई दाजुले पनि पटक–पटक बलात्कार गरेका थिए । पीडित किशोरीले यसबारेमा साथीहरुलाई भनेपछि साथीका अभिभावकको निवेदनमा प्रहरीले बलात्कारीलाई गत वैशाख १७ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जिल्ला अदालत उदयपुरमा उक्त घटनासम्बन्धी मुद्दा चलेको सात महिनापछि अदालतले यस्तो फैसला गरेको हो । (रासस)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने