कात्तिक ११, उदयपुर | बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ११, उदयपुर | बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फै"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

पिताले बलात्कार गरेपछि मामाको शरणमा पुगेकी किशोरी मामाबाटै बलात्कृत

११ कार्तिक २०७३, बिहीबार ०५:३२

कात्तिक ११, उदयपुर | बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ ।

जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजलासले किशोरी बलात्कार गर्नेहरुविरुद्ध हालै जेलसजाय र आर्थिक जरिवानाको फैसला गरेको अदालतका स्रेस्तेदार रितबहादुर मगरले बताए ।

किशोरी बलात्कार गर्ने बुबालाई २२ वर्ष जेल सजाय र रु ५० हजार आर्थिक जरिवाना तोकिएको अदालतले जनाएको छ ।

यस्तै किशोरीको मामालाई ११ वर्ष जेल सजाय र रु १० हजार जरिवाना तथा दाजुलाई आठ वर्ष कैद र रु १० हजार जरिबानासहितको फैसला भएको छ ।

किशोरीको आमा डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि बुबाले उनलाई ६ महिनादेखि करणी गर्दै आएका थिए । आफ्नो बुबाले करणी गरेपछि किशोरी भागेर मावली गएकामा त्यहाँ पनि मामाले पटक–पटक बलात्कार गरेका थिए ।

मामाबाट बच्न भागेर फेरि गाउँमा आएर आफन्त दाजुको शरण लिएकी उनलाई दाजुले पनि पटक–पटक बलात्कार गरेका थिए । पीडित किशोरीले यसबारेमा साथीहरुलाई भनेपछि साथीका अभिभावकको निवेदनमा प्रहरीले बलात्कारीलाई गत वैशाख १७ गते पक्राउ गरेर मुद्दा चलाएको थियो ।

जिल्ला अदालत उदयपुरमा उक्त घटनासम्बन्धी मुद्दा चलेको सात महिनापछि अदालतले यस्तो फैसला गरेको हो । (रासस)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का