नेपाल फर्किएपछि रोहित भन्छन्, ‘ब्याटिङ अझ राम्रो गर्न सकेनौँ’

Posted on: 20 Jun, 2024

असार ६, काठमाडौँ । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले ब्याटिङमा सोचेजस्तो राम्रो गर्न नसक्दा पराजित भएको बताएका छन्। विश्वकपमा नेपाललले अन्तिम दुई खेलमा टेस्ट टोली विरुद्ध लो स्कोरिङ खेलका बाबुजत पराजित हुँदा टेस्ट टोलीलाई पराजित गर्दै ‘सुपर आठ’ पुग्ने मौका गुमाएको थियो।


कप्तान रोहितले पिचको कन्डिसन र आफ्नो ब्याटिङ लाइनअप सोचेअनुरुप चल्न नसक्दा पराजय भएको बताए। उनले भने, ‘त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो।’

उनले अपेक्षित रुपमा कमजोर ब्याटिङपनि अर्को हारको कारण भएको बताए। नेपाली टोली विश्वकपमा सहभागी भएर आज स्वदेश फर्किएको हो।

उनले खेलाडीहरु देशलाई हराउँछु भनेर मैदानमा नजाने बताउँदै जिताउनकै लागि जानेर यस्तो कुराहरुले खेलाडीहरुलाई असर गर्ने बताए। साथै उनले आगामि दिनमा क्रिकेटमा आउन चाहनेहरुलाई समेत यसले असर गर्ने बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!