१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरमा बिहेमा पाहुना आएका युवाको छुरा प्रहार गरी हत्या

६ असार २०८१, बिहीबार १०:१७

असार ६, विराटनगर | सुनसरीबाट विराटनगर पाहुना खान आएका एक युवकको बुधवार राति छुरा प्रहार गरी हत्या भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दुहवी नगरपालिका-१२ का अक्लेशकुमार यादवलाई विराटनगर महानगरपालिका-४ इक्राइका गणेश यादवले छुरा प्रहार गरेर हत्या गरेका हुन् ।

शरीरका विभिन्नि तीन स्थानमा छुरा प्रहार गरिएका अक्लेशको नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भएको हो । छुरा प्रहार गर्ने गणेश फरार छन् । अक्लेश विराटनगर महानगरपालिका-४ इक्राईका अनुसार ठुलीआमाको छोरीको विवाहमा आएका अ क्लेशको हत्या भएको हो।

अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए। अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन्। बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको थियो। उनीहरु बिचमा भएको विवादको कारण भने पत्ता लाग्न बाँकी रहेको एक प्रहरीले बताए।

विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको थिए। चक्कु प्रहारबाट बायाँ कोखामा चोट लागेर अवस्था गम्भीर बनेका अक्लेशलाई तत्कालै उपचारका लागि नजिकै रहेको नोबेल शिक्षण अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर अ क्लेशको मृत्यु भएको  थियो। घटनापछि गणेश फरार छन् भने उनको खोजी कार्य तीव्र पारिएको छ। घटनाको थप अनुसन्धान अघि बढाइएको छ । अक्लेशको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन