२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विराटनगरमा बिहेमा पाहुना आएका युवाको छुरा प्रहार गरी हत्या

२०८१, ६ असार बिहीबार १०:१७

असार ६, विराटनगर | सुनसरीबाट विराटनगर पाहुना खान आएका एक युवकको बुधवार राति छुरा प्रहार गरी हत्या भएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दुहवी नगरपालिका-१२ का अक्लेशकुमार यादवलाई विराटनगर महानगरपालिका-४ इक्राइका गणेश यादवले छुरा प्रहार गरेर हत्या गरेका हुन् ।

शरीरका विभिन्नि तीन स्थानमा छुरा प्रहार गरिएका अक्लेशको नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मुत्यु भएको हो । छुरा प्रहार गर्ने गणेश फरार छन् । अक्लेश विराटनगर महानगरपालिका-४ इक्राईका अनुसार ठुलीआमाको छोरीको विवाहमा आएका अ क्लेशको हत्या भएको हो।

अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए। अक्लेशका ठुलोबुवा रामलोचन र गणेश छिमेकी हुन्। बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको थियो। उनीहरु बिचमा भएको विवादको कारण भने पत्ता लाग्न बाँकी रहेको एक प्रहरीले बताए।

विवादपछि मोटरसाइकल चढेर आफ्नो घरतर्फ जाने तयारी गरिरहेका अक्लेशलाई बुधबार राति १० बजेतिर गणेशले चक्कु प्रहार गरेको थिए। चक्कु प्रहारबाट बायाँ कोखामा चोट लागेर अवस्था गम्भीर बनेका अक्लेशलाई तत्कालै उपचारका लागि नजिकै रहेको नोबेल शिक्षण अस्पताल लगिएको थियो।

उपचारकै क्रममा बिहीबार बिहान ६ बजेतिर अ क्लेशको मृत्यु भएको  थियो। घटनापछि गणेश फरार छन् भने उनको खोजी कार्य तीव्र पारिएको छ। घटनाको थप अनुसन्धान अघि बढाइएको छ । अक्लेशको शव पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ