२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

२०८१, ७ असार शुक्रबार ०६:३९

असार ७, काठमाडौँ । अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । यसअघि जेठ ३० गते  बिक्रीदर मूल्य १३४ रुपैयाँ १ पैसा कायम भइ उच्च रेकर्ड बनेको थियो ।

सर्वसाधारणलाई डलर चाहिएको अवस्थामा यहीं मूल्य तिरेर खरिद गर्नुपर्दछ । त्यस्तै बिक्रीदर मूल्य १३३ रुपैयाँ ५५ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको डलर सटही गर्दा यो मूल्य पाउँछन् ।

अघिल्लो दिनको तुलनामा डलरको मूल्य ३१ पैसा महँगिएको हो । डलरको भाउ बढ्नु भनेको अन्तर्राष्ट्रिय कारोबारमा नेपाली मुद्रा कमजोर हुनु हो ।

डलरको मूल्य बढ्दा रेमिट्यान्स र पर्यटन क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्रको आम्दानी धेरै देखिने गर्छ ।

तर वैदेशिक कारोबारमा नेपाली मुद्रा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ । अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । इन्धन, सवारीसाधन लगायत विदेशबाट आयात हुने सबै वस्तुमा नेपालले डलरमा भुक्तानी गर्नुपर्छ । डलरको भाउ नै उच्च भइसकेपछि ती वस्तुको आन्तरिक मूल्य उच्च हुन्छ । यसले समग्र मूल्य वृद्धिदर बढ्न जान्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ २८ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७० रूपैयाँ २४ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ १२ पैसा र बिक्रीमा ८९ रूपैयाँ ५२ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३६ रूपैयाँ ६० पैसा र बिक्रीदर ३६ रूपैयाँ ७६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३५ पैसा र बिक्रीमा २८ रूपैयाँ ४८ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८८ पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ