१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

७ असार २०८१, शुक्रबार ०६:३९

असार ७, काठमाडौँ । अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ १५ पैसा तोकेको छ । यसअघि जेठ ३० गते  बिक्रीदर मूल्य १३४ रुपैयाँ १ पैसा कायम भइ उच्च रेकर्ड बनेको थियो ।

सर्वसाधारणलाई डलर चाहिएको अवस्थामा यहीं मूल्य तिरेर खरिद गर्नुपर्दछ । त्यस्तै बिक्रीदर मूल्य १३३ रुपैयाँ ५५ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको डलर सटही गर्दा यो मूल्य पाउँछन् ।

अघिल्लो दिनको तुलनामा डलरको मूल्य ३१ पैसा महँगिएको हो । डलरको भाउ बढ्नु भनेको अन्तर्राष्ट्रिय कारोबारमा नेपाली मुद्रा कमजोर हुनु हो ।

डलरको मूल्य बढ्दा रेमिट्यान्स र पर्यटन क्षेत्रमा आन्तरिक रुपमा फाइदा देखिने गरेको छ । डलरको मूल्य बढ्दा नेपालमा रेमिट्यान्स र पर्यटन क्षेत्रको आम्दानी धेरै देखिने गर्छ ।

तर वैदेशिक कारोबारमा नेपाली मुद्रा कमजोर हुनुले आयातमा निर्भर नेपाललाई बेफाइदा हुने गरेको छ । अन्य मुलुकसँग नेपालको व्यापार घाटा ठूलो रहेकाले डलरको मूल्य बढ्दा नेपाललाई नोक्सानी बढी हुन्छ । इन्धन, सवारीसाधन लगायत विदेशबाट आयात हुने सबै वस्तुमा नेपालले डलरमा भुक्तानी गर्नुपर्छ । डलरको भाउ नै उच्च भइसकेपछि ती वस्तुको आन्तरिक मूल्य उच्च हुन्छ । यसले समग्र मूल्य वृद्धिदर बढ्न जान्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार युरोपियन युरो एकको खरिदमा भने १४३ रूपैयाँ २८ पैसा र बिक्रीमा १४३ रूपैयाँ ९२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १७० रूपैयाँ २४ पैसा तोकिएको छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ १२ पैसा र बिक्रीमा ८९ रूपैयाँ ५२ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८५ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३६ रूपैयाँ ६० पैसा र बिक्रीदर ३६ रूपैयाँ ७६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ३५ पैसा र बिक्रीमा २८ रूपैयाँ ४८ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ४३७ रूपैयाँ ५१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ८८ पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन