१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भन्सार कर्मचारीको लापरवाही- १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय नागरिक फरार

७ असार २०८१, शुक्रबार ०८:०१

असार ७,  रौतहट । रौतहट स्थित जिल्ला भन्सार कार्यालय गौरको लापरवाहीले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित पक्राउ गरेको एकजना भारतीय नागरिक  फरार भएको छ।

भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० बर्षीय गजेन्द्र राय यादव बिहीवार साँझ भन्सार कार्यालय गौरबाट फरार भएको हो ।

 सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंका अनुसार स्रोत नखुलेको रकम सहित पक्राउ परेका भारतीय नागरिकलाई बरामद रकम सहित भन्सार कार्यालयमा बुझाएपछि भागेको बताएका छन।


सशस्त्र प्रहरी ११ नम्बर हेक्वा बाट गएको टोलीले भन्सार कार्यालय गौरमा बिहीवार १ बजेर ४५ मिनेटमा मुदा नम्बर ७७१ दर्ता गरेर बरामद रुपैया १४ लाख ८५ हजार सहित भारतीय नागरिक लाई बुझाएको एस्पी हुमागाईको भनाई छ ।

तर पक्राउ परेका भारतीय नागरिक ५ बजेपछि भागेको भन्सार कार्यालयका कर्मचारीले आफूलाई खबर गरेको हो, प्रहरीले बरामद गरेको सामान मानिस भन्सारमा दर्ता गरेर बुझाइसके पछि त्यसको सुरक्षा गर्नु भन्सारको जिम्मेवारी हुन्छ । दुई बजे पैसा र मानिस बुझाउँदा तीन घन्टा सम्म भन्सार कर्मचारी तथा भन्सार सुरक्षा गार्ड के हेरेर बसेको थियो एसपी हुमागाईंले प्रश्न गरेका छन ।

उता जिल्ला भन्सार कार्यालय गौरका प्रमुख अमिन्द्र सिंहले स्रोत नखुलेको पैसा बुझ्नु अघि धेरै प्रक्रिया पूरा गर्नुपर्छ, हामी त्यही प्रक्रियामा लागेका थियौं । पैसा र मानिस लिएर आएका तथा त्यहाँ खटिएका सशस्त्र प्रहरीको ड्युटी बदले पछि उनीहरु त्यहाँ बाट गएलगत्तै त्यहाँबाट आरोपी भागेको बताएका छन ।

सिंहले भन्सार कर्मचारीको मात्रै नभई सशस्त्र प्रहरीको पनि कमजोरीको कारण भारतीय नागरिक भाग्न सफल भएको भन्सार प्रमुख सिंहले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन