१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

२ करोड ७१ लाख रुपैयाँबराबरको भेपसहित पाँच जना पक्राउ

७ असार २०८१, शुक्रबार ०९:३७

असार ७,  हेटौंडा। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा–११ स्थित थानाभर्‍याङमा वाग्मती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबाट संयुक्तरुपमा खटिएको टोलीले विहीबार राति करिब ८ बजेको समयमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना.६ ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित उनीहरुलई नियन्त्रणमा लिइएको हो ।


जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै अवैधरुपमा भन्सार छलेर भेप ओसारपसारमा सक्रिय दोलखा भीमश्वेर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, कटारी नगरपालिका–११, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका, नुवाकोटको ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई सार्वजनिक गरेको छ ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार पक्राउ परेकाहरुले बसका यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्स वटम बनाएर लामो समयदेखि विभिन्न सामानहरु अवैधरुपमा भन्सार छलेर तस्करी गर्दै आएको पाइएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ नाका भएर भेप नेपाल भित्रिएको देखिन्छ । हामीले आवश्यक कागजपत्र केही नभएपछि थप अनुसन्धानका लागि राजस्व विभाग पथलैया पठाउने भएका छौं ।’, उनका अनुसार तस्कारीमा प्रयोग गरिएको बस नेपाल दिल्ली चल्ने आधिकारिक बस होइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन