१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउदीमा हज गर्न गएका ९८ जना भारतीयको मृत्यु

७ असार २०८१, शुक्रबार १२:१७

असार ७,  काठमाडौँ । यसवर्ष साउदी अरबमा हजका लागि गएका ९८ भारतीयको मृत्यु भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार यस वर्षको हालसम्मको अवधिमा १ लाख ७५ हजार तीर्थयात्री हजका लागि गएका थिए ।


अत्यधिक गर्मीका कारण साउदी अरबमा धेरै देशका नागरिकको मृत्यु भएको छ । साउदी अरबमा मृत्यु हुनेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरिएको छैन तर अहिलेसम्म ९०० भन्दा बढी तिर्थालुको मृत्यु भएको अनुमान गरिएको छ ।

‘हरेक वर्ष ठुलो सङ्ख्यामा भारतीय तीर्थयात्री हज जान्छन् । यो वर्ष अहिलेसम्म १ लाख ७५ हजार भारतीय हज गएका छन् । अहिलेसम्म साउदी अरबमा ९८ भारतीयको मृत्यु भएको छ’ भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका छन् ।

साउदी अरबमा हजका क्रममा ज्यान गुमाएका मानिसलाई त्यहीँ गाडिन्छ । हरेक वर्ष विश्वभरबाट लाखौं तीर्थयात्री मक्का र मदिनामा जान्छन् । हजको समयमा मर्नु र साउदी अरबमा गाड्नुलाई मुस्लिमहरूले सौभाग्य ठान्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन