चट्याङ लागेर खेतमा जोतिरहेका एक व्यक्तिको मृत्यु

Posted on: 24 Jun, 2024

असार १०, बर्दिया । चट्याङ लागेर बर्दियामा एक व्यक्तिको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । 

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!