१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बहिनिको हत्या गरेको आरोपमा एक युवक पक्राउ

११ असार २०८१, मंगलवार ०३:४२

असार ११, रौतहट । पारिवारिक विवादको कारण टाउकोमा बाँसको मुँगडी प्रहार गरी आफ्नै बहिनिको हत्या गरेको आरोपमा रौतहटको परोहा नगरपालिकाका एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा परोहा ८ नरकटीया गाउँका २२ बर्षीय दीपेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन्। राम माथि ज्यान सम्बन्धी कर्तब्य ज्यान मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।

आईतवार बिहान ३ बजेर ४० मिनेटमा घरायसी विवादको कारण रिसमा दीपेन्द्रले आफ्नै बहिनी २० बर्षिया तेतरी कुमारी रामको टाउकोमा बाँसको मुँगडी प्रहार गरेका थिए। गम्भीर अवस्थामा घाईते भएकी बहिनी रामलाई तत्कालै उपचारको लागि नारायणी अस्पताल बिरगंज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ। मृतकको शव पोस्टमार्टम भएर पीडित परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन