१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मामाको योजनामा भाञ्जाको घरबाट २ करोड लुटपाट

११ असार २०८१, मंगलवार ०९:४०

असार ११,  काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटका डिल्लीबहादुर राउतको घरबाट दुई करोड रुपैयाँ लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले ३५ वर्षीय राउतको घरबाट लुटपाट गर्ने चारजनालाई पक्राउ गरेको हो । उनीहरूले गत असार ४ मा लुटपाट गरेका थिए । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–२ का ३० वर्षीय सुजन रसाइली, सोही ठाउँकै ३१ वर्षीय भीमबहादुर तामाङ, ३८ वर्षीय कृष्णबहादुर बोहरा, ओखलढुंगाको मानेभञ्ज्याङका मुनाराज राई छन् । 


पक्राउ परेका चारजनालाई कार्यालयको टोलीले मंगलबार सार्वजनिक गरेको हो । उनीहरूमध्ये रसाइली र तामाङलाई भक्तपुरबाट, राईलाई ओखलढुंगाबाट र बोहरालाई महाराजगञ्जबाट विभिन्न मितिमा पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

उनीहरूले आफूहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेका थिए । पक्राउ परेकाहरूमध्ये बोहरा प्रहरी हवल्दार हुन् ।

यसरी बुनेका थिए लुटपाटको योजना

घटनाको अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल घिमिरेको नेतृत्वमा टोली खटाएको थियो । दिउँसै भएको घटनालाई कार्यालयको टोलीले विशेष प्रविधि विश्लेषण गरेर अनुसन्धान गरेको थियो । सोही कारण घटनाको एक हप्तामै प्रहरीले लुटपाटमा संलग्न चारजनालाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकामाथि अनुसन्धान गर्दै जाँदा लुटपाट घटनामा मुख्य योजनाकार डिल्लीबहादुरकै मामा कुलबहादुर खत्री रहेको खुलाएको छ । डिल्ली र कुलबहादुर दुवै वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने गरेको खुलेको छ । 

डिल्लीबहादुरको घरमा करोडौँ रुपैयाँ रहेको सूचना कुलबहादुरले सुजनलाई सुनाएका थिए । विभिन्न आपराधिक गतिविधिमा सक्रिय सुजनलाई उक्त सूचना पुगेपछि भने लुटपाटको योजना बन्यो । 

त्यसका लागि सुजनलाई कुलबहादुरले डिल्लीको घरसमेत देखाए । सोही योजनामा सुजनले सिन्धुपाल्चोकका भीमलाई सामेल गराए । भीममार्फत मुनाराज र प्रहरी हवल्दार बोहरा सुजनसँग जोडिए । चारजनाको भेटपछि भने उनीहरूले प्रहरी नै बनेर घरभित्र जाने योजना बनाए । घरभित्र खानतलासी गरेर रकम लुटपाट गर्ने योजना उनीहरूले बनाए । 

प्रहरीका अनुसार लुटपाटअघि भक्तपुरको कौशलटारस्थित लाइभ बर्गर एन्ड पिज्जा पोइन्टमा बसेर चारैजनाले लुटपाटको योजना बनाएको खुलेको छ । त्यसपछि भने उनीहरू खुकुरीसहित दिउँसो १ बजे डिल्लीबहादुरको घरमा पुगेका थिए । आफूहरू सीआईबीकै प्रहरी भएको बताएर दुई करोड रुपैयाँ लुटपाट गरेका हुन् । कुलबहादुर भने हाल फरार छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन