१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

म संसारकै भाग्यमानी छु झैँ लाग्छ: समीक्षा अधिकारी

११ असार २०८१, मंगलवार ११:१८

असार ११,  काठमाडौँ । गायिका समीक्षा अधिकारीले रिस राग र डाहा मनमा पालेर केही नहुने बताएकी छन् । उनले आफू उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली भएको उल्लेख गर्दै सो क्रममा धेरैको साथ पाएकाले आफूलाई  संसारकै भाग्यमानी ठान्ने गरेको बताइन् । 

‘सबैलाई एक दिन मर्नु नै पर्छ। बाँचुन्जेल रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र ?’ अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म त झन् उठ्नै लाग्दा बेस्सरी ठेस लागेर लडेकी चेली पो हुँ त। मलाई उठ्न धेरैले हात दिनुभएको छ। साथ दिनुभएको छ। यसै कारण म संसारकै भाग्यमानी छु झैँ लाग्छ।’

उनले आफू सबै कलाकारको सफलतामा खुसी हुने गरेको पनि बताएकी छन् । ‘असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन्। थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति। म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस्, उहाँहरूको गीत चलोस्, फिल्म चलोस्। रुँदै हिँड्न नपरोस्’, अधिकारीको भनाइ छ । 

अधिकारी पछिल्लो समयकी चर्चित गायिका हुन् । उनी हाल देश–विदेशमा आफ्नो साङ्गीतिक प्रस्तुतिमा व्यस्त रहँदै आएकी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन