१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पाकिस्तानमा गर्मीको कहर, पछिल्लो छ दिनमा ५०० भन्दा बढीको गयो ज्यान

१३ असार २०८१, बिहीबार ०६:५९

असार १३, काठमाडौँ । बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ । पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । यी घटना दक्षिणी पाकिस्तानका भएको बताइएको छ ।

कराची सहरमा रहेको शवगृहमा दैनिक ३० देखि ४० शव ल्याउने गरेको छ । तर पछिल्ला ६ दिनमा उनीहरुले करिब ५ सय ६८ शव सङ्कलन गरेका छन्, जसमध्ये मंगलबार मात्रै १४१ जनाको शव रहेको छ ।


यी सबैको मृत्युको कारण के हो भन्ने अहिले नै भन्न गाह्रो भएको बीबीसीको रिपोर्टमा उल्लेख छ । तर, गर्मी बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । कराँचीको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि गएको छ र आर्द्रता यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियस जस्तो अनुभव भएको स्थानीयले बताएका छन् ।

गत आइतबार र बुधवारको बीचमा कराचीको सिभिल अस्पतालमा तातो स्ट्रोकका कारण २६७ जनालाई भर्ना गरिएको थियो । तीमध्ये १२ जनाको पनि मृत्यु भएको आपतकालीन विभागका प्रमुख डा इमरान सरवर शेखले जानकारी दिएका छन् ।

गत साताको अन्त्यमा पाकिस्तानमा बढेको तापक्रमलाई आंशिक गर्मीको लहर पनि भनिएको थियो। जनतालाई राहत प्रदान गर्न गर्मीको लहरबाट जोगाउन शिविर र केन्द्र स्थापना भइरहेका छन् । सहयोगको खाँचोमा परेका धेरै मानिस अस्पतालसम्म पुग्न नसकेको बताइएको छ ।

बढ्दो गर्मी बाहेक, बिजुली कटौती पनि कराचीका जनताको लागि ठूलो समस्या भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गत महिना सिन्ध प्रान्तको राजधानी कराँचीमा ५२.२ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन