२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कारले भीडलाई कुल्चिँदा दक्षिण कोरियामा कम्तीमा ९ जनाको मृत्यु

२०८१, १८ असार मंगलवार ०७:१८

असार १८, काठमाडौँ । दक्षिण कोरियाको राजधानी सोलमा मानिसहरूको भीडमा कारले ठक्कर दिँदा ९ जनाको मृत्यु भएको छ । यो घटना स्थानीय समयअनुसार सोमबार राति ९ः३० बजेतिरको भएको प्रहरीले बताएको छ । 

योन्ह्याप समाचार एजेन्सीका अनुसार कारका चालक ६८ वर्षका थिए । ट्राफिक स्टपमा उभिएर गाडी पर्खिरहेका मान्छेहरूको भीडलाई गाडीले ठक्कर दिएको थियो । 


यस घटनामा घाइते भएका ४ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । प्रहरीले यस घटनाको छानबिन गरिरहेको छ । तर मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिइएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार कार गलत दिशामा चलाइएको थियो । भीडलाई कुल्चनु अघि कारले अन्य दुई सवारी साधनलाई पनि ठक्कर दिएको थियो । घटना सोल सिटी हलको चोकमा भएको जानकारी दिइएको छ ।

चालकलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । कारको गति एक्कासि बढेको प्रहरीसँगको सोधपुछमा चालकले बताएका थिए । दक्षिण कोरियामा सडक दुघर्टनामा सबैभन्दा धेरै ज्यान पैदलयात्रीको जाने गरेको छ । सन् २०२२ मा सडक दुघर्टनामा भएको कूल मृत्युमा पैदलयात्रीको अनुपात ३५ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो