असार १९,  काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १९,  काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्त"/>
२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति दिईने, कसरी भर्ने फाराम ?

२०८१, १९ असार बुधबार ०९:१६

असार १९,  काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ ।

विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका आधारमा शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको हो । 

यो वर्ष सबै भन्दा धेरै अर्थात् २४ सय ९३ जना विद्यार्थीले व्यवस्थापन विषयमा छात्रवृत्ति पाउनेछन् । यस्तै १७ सय ५२ जनाले विज्ञान विषय, १७३ जनाले मानविकी, १३६ जनाले कानुन विषय र ७० जनाले शिक्षा विषयमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले जानकारी दिए । 

महानगरपालिका भित्र कक्षा ११ र १२ अध्यापन हुने ३९० वटा शैक्षिक संस्था छन् । जसमध्ये १०४ वटा विद्यालयमा विज्ञान विषय, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय अध्यापन हुने गरेको छ ।

छात्रवृत्ति आवेदनका लागि अनलाइन फाराम खुला 

शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई परीक्षामा सहभागी हुन महानगरपालिकाले असार १५ गते विहान १० बजेबाट अनलाइन आवेदन फाराम खुला गरेको छ । इच्छुक विद्यार्थीहरुले असार २९ गते राती ११ बजेर ५९ मिनेटसम्ममा आवेदन दिन सक्नेछन् । 

आवेदन दिनका लागि चाहिने योग्यता, फाराममा भर्नु पर्ने विवरण, परीक्षाको पाठ्यक्रम, परीक्षा सञ्चालन र नतिजा प्रकाशन विधि, उत्तर दिने तरिका, परीक्षा रद्द हुने अवस्थालाई विधि र प्रक्रियामा समावेश गरिएको छ । छनोट प्रक्रिया, कसका लागि कति छात्रवृत्ति प्रतिशतका आधारमा वर्गीकरण, फाराम भर्ने विधि, त्रुटी भए सच्याउने तरिका, विवरण पेश गर्ने तरिका यसका आधारभूत सूचना हुन् । 

अनलाइन आवेदन फाराम पेस गर्ने विधि 

काठमाडौँ महानगरपालिकाको वेभसाइट http://entrance.kathmandu.gov.np/ मा छात्रवृत्ति आवेदन फाराम उपलब्ध छ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो सम्लग्न गर्नुपर्छ । यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो