2026-06-20 11:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

असार १९,  बैंगलुरु । एजेन्सी | पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि कर्नाटक सरकार सतर्क भएर अनुसन्धान थालेको छ । खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन् ।

भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो । जसमध्ये ४१ नमुनामा नक्कली रङ र क्यान्सर गराउने तत्त्व भेटियो । यसमा ब्रिलियन्ड ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता रसायनहरू भेटिएका छन् । संकलित १८ वटा नमुना यति खराब थिए कि खान लायकै थिएनन् । रिपोर्ट आएलगत्तै सरकारले तुरुन्तै विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।


कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश राव गुण्डुले यस विषयमा स्वास्थ्य विभागले उचित कारबाही गर्ने बताएका छन् । जनताको स्वास्थ्यसँग खेलबाड गर्न नदिइने भन्दै उनले विभागका अधिकारीहरूलाई सडकमा बेचिने पानी पुरीको नियमित रूपमा जाँच गर्न आदेश दिएका छन् । सरसफाइमा ध्यान दिइएको छ र रंगका लागि केमिकलको प्रयोग गरिएको छैन भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ ।

कृत्रिम रंगको प्रयोगका कारण यस अघि नै गोबी मन्चुरियन, कबाब र कपास क्यान्डीको उत्पादनमा प्रतिबन्ध लगाइएको स्वास्थ्यमन्त्रीले बताएका छन् । आफूहरूले परीक्षणका लागि नमुना पठाएको अनि पूरै छानबिन भइरहेको पनि उनले बताएका छन् । ल्याबबाट नमुनाको रिपोर्ट आएपछि उपयुक्त कारबाही गरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ