2026-06-20 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘इट्स माइ शो’ का विवादित अंश डिलिट भएपछि जसिताको खुशी

असार २१, काठमाडौँ । कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘इट्स माइ शो’ कार्यक्रममा पहुना बनेर पुगेका अभिनेत्रीद्वय स्वस्तिमा खड्का तथा साम्राज्ञी आरएल शाहसँग कार्यक्रम प्रस्तोता ओसिन सिटौलाले सोधेका केहि प्रश्नको जवाफ विवादित भएपछि उक्त कार्यक्रम तिब्र आलोचनाको शिकार बनेको थियो ।


यसका साथै कार्यक्रममा अभिनेत्री जसिता गुरुङ तथा अभिनेता अनमोल केसीको व्यक्तिगत जीवनका बारेमा यी दुई अभिनेत्रीले दिएको वयानप्रति जस्सिताले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकी थिइन् ।

जसिताको उजुरीपछि प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई स्पष्किरणसहित पत्राचार गरेको थियो । यसका लागि मंगलवार ओसिन प्रेस काउन्सिल पुगेर जवाफ दिएकी थिइन् ।

जसिताले उक्त कार्यक्रमप्रति आपत्ति जनाएपछि अभिनेत्रीद्वय खड्का तथा शाहले गल्ती महसुस गर्दै सार्वजनिक रुपमा माफी मागेता पनि कान्तिपुर मिडियाले यसबारे कुनै धारणा नै सार्वजनिक गरेको थिएन, न त कार्यक्रमको विवादित अंश नै हटाएको थियो ।

अन्ततः अहिले उक्त कार्यक्रममा भएका विवादित अंशहरु डिलिट कान्तिपुरले डिटिल गरेको छ । कार्यक्रमका विवादित अंश हटेपछि अभिनेत्री जसिता गुरुङले आफ्नो खुशी व्यक्त गर्दै एउटा स्टाटस लेखेकी छिन् । जसमा उनले लेखेकी छिन्– ‘अन्ततः इट्स माइ शोका विवादित अंश डिलिट भएका छन् । म आशा गर्छु भविष्यमा यस्तो अवस्था कसैलाई पनि नआओस् । यस कुरामा मलाई साथ र समर्थन गर्नेप्रति धन्यवाद दिनुको साथै धेरै माया दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ