2026-06-20 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुन गाल्ने मेसिन र ५० लाख नगदसहित ५ जना पक्राउ

असार २१, काठमाडौँ । अबैध सुन कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर, ललितपुरले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले असार २० गते महालक्ष्मीस्थानमा निर्माणाधीन घरमा छापा मार्दा शंकास्पद कारोबार गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। प्रहरीले सुन गाल्ने मशिन, डिजिटल र ५० लाख चार हजार रुपैयाँ समेत बरामद गरेको छ।


पक्राउ पर्नेहरूमा तीन जना भारतीय नागरिक र दुई जना नेपाली छन्। छापा मारेको घरको तेस्रो तल्ला भारतको महाराष्ट्रका युवराज विभूतेले भाडामा लिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पक्राउ पर्नेमा २८ वर्षीय विभूते सहित भारतीय नागरिक २० वर्षीय विक्रम यलवर र १८ वर्षीय अभिशेष विभूते छन्। त्यस्तै, भक्तपुरका सिद्धान्त चौलागाईं र ललितपुरका यसवन्त सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले चेकबूक, ब्यांकमा नगद जम्मा गरेको भौचर समेत बरामद गरेको छ। सुन गाल्ने मशिन नै भेटिएकाले यस समूहले संगठित रूपमा अवैध सुनको कारोबार गरेको प्रहरीको आशंका छ।

उनीहरूको साथबाट बरामद सामानहरू

१. सुन जस्तो देखिने पहेलो धातु १६९.९७० ग्राम

२. चाँदी जस्तो देखिने धातु २४७.२५० ग्राम

३. डिजिटल तराजु- १

४. विभिन्न कम्पनीका मोबाइल- ७

५. हार्ड डिस्क- १

६. सिमकार्ड, चेकबुक , तथा बैंकमा नगद जम्मा गरेको भौचर

७. नेपाली रुपैयाँ ५०,०४,७३० ( पचासलाख चार हजार सातसय तीस रुपैयाँ)

८. सुन पगाल्ने मेसिन-१

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ