२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा दुई युवतीको उद्धार

२०७३, १२ कार्तिक शुक्रबार ०७:१५

कात्तिक १२, लाहान । चेलीबबेटी बेचबिखनको आरोपमा सिरहा प्रहरीले दुई महिलासहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

दुई युवतीलाई प्रलोभनमा पारी बेचबिखनका लागि भारततर्फ लगिरहेको अवस्थामा सीमा क्षेत्रमा खटिएको प्रहरीटोली तथा साना हात संस्थाका पदाधिकारीले युवतीलाई उद्धार गरी संलग्न तीन जनालाई हिजो साँझ पक्राउ गरेका हुन् । 

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–८ निवासी ३५ वर्षीया लक्ष्मी भन्ने दुर्गा विक, सिन्धुलीको दूधौली नगरपालिका– ११ निवासी २९ वर्षीया प्रमिला विक र सिरहाको धनगढीमाई नगरपालिका– २ निवासी ५६ वर्षीय उद्ववबहादुर थापा रहेको प्रहरीले जनाएको छ । 

सिरहा र उदयपुरका दुईजना युवतीलाई बेचबिखनका लागि भारतर्फ लगिरहेको सूचनाको आधारमा साना हात संस्थाका पदाधिकारीको सहयोगमा प्रहरी टोलीले दुबै युवतीको उद्धार गरी दुर्गा र प्रमिलालाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपोसार मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक कोइरालाले बताउनुभयो । 

यसैगरी लागु औषध मुद्दामा अदालतबाट कैद सजाय पाएर १६ वर्षदेखि फरार रहेका श्रीचन पासमानलाई प्रहरीले पक्राउ गरेको छ । 

लागुऔषध मुद्दामा जिल्ला अदालत सिरहाबाट २०५६ साल पुस ११ गते १० महिना २८ दिन कैद र रु दश हजार जरिवानाको सजाय पाएर फरार सिरहाको भगवानपुर गाविस– ४ निवासी ४५ वर्षीय पासमानलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै