2026-06-20 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रचण्डले विश्वासको मत लिएपछि ७६ (३) मा जानसक्छ, खुशी भइहाल्ने अवस्था छैन : शेखर कोइराला

असार २१, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेसँग मिल्दैमा अहिले नै खुशी हुनुपर्ने अवस्था नरहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि संविधानको धारा ७६ (३) मा जान सक्ने आशंका व्यक्त गरे।


उनले भने, ‘अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छ भन्ने हामीले सोच्नुपर्छ। हामी संविधानलाई टेकेर हिँड्नुपर्छ। प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्। उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो।’

उनले एमालेसँग मिलेपछि निर्वाचन प्रणालीमा सुधार गरेर जानु पर्नेमा जोड दिए।

उनले भने, ‘हामीले संविधानमा मिनिमम केके सुधार गर्नसक्छौँ ? संविधानको डकुमेण्ट ठूलो छ। त्यसमा सुधार गर्नुपर्ने पनि धेरै होला। ती धेरै कुरामा छेडखानी गर्न थाल्यौँ भने संविधान सुधार हुँदैन। कम्तीमा पनि निर्वाचन प्रणालीमा हामीले सुधार गरेर जान सक्यौँ भने केही न केही जनताले चाहेको कुरा हुन्छ। जहाँ जाँदा पनि म एउटै कुरा सुन्छु की समानुपातिक हटाइदिनुस्, अरू पनि थियो । मुख्य त्यही थियो। समानुपातिक हटाउँदा संविधानको मर्मलाई मर्न दिनु भएन। समावेशी समानुपातिकताको मर्म जुन छ, त्यसलाई मर्न दिनु हुँदैन।’

महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ