२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

महिलाको मृत्युपछि प्रहरी वृत्तमा तोडफोड

१२ कार्तिक २०७३, शुक्रबार ०९:५४

कात्तिक १२, भक्तपुर । मोटरसाइकलको ठक्करबाट मृत्यु भएको महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै महानगरीय प्रहरी वृत्त थिमिमा तोडफोड गरेका छन् । 

तीव्रगतिमा आएको बा८०प ५००८ नम्बरको मोटरसाइकलको ठक्करले हिजो साँझ मध्यपुरथिमिमा दोलखा–८ जिरीकी ४५ वर्षकी कमला भन्ने सरस्वती खड्काको मृत्यु भएपछि आज प्रहरी वृत्त थिमिमा क्षतिपूर्तिको माग गर्दै घेराउ गरेका छन् । 

पीडितका आफन्तले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी लिनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् । घाइतेको मध्यपुर अस्पतालमा उपचार गरी टाउँकोमा टाँका लगाइएको छ । 

ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाको गाडीकोे सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको सिसा फुटेको छ । तोडफोडबाट करिब रु एक लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ । 

तोडफोडमा संलग्न रहेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनाब बढेपछि सुरु भएको वार्तामा मृतकका पक्षबाट सांसद एवम् पूर्व संस्कृतिमन्त्री आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङलगायतका टोलीसमेतको सहभागिता रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव