2026-06-20 03:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोरङमा कुखुरा फार्म सञ्चालकको हत्या

असार २७, मोरङ । मोरङमा कुखुरा फार्म सञ्चालकको हत्या भएको छ । सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको हो । प्रहरीका अनुसार बजगाईंले घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए ।

 फार्मभित्रै बिहीबार बिहान १०:३० बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार हत्या कसले गरेको हो भन्ने खुल्न बाँकी छ ।  ‘बजगाईंले खुकुरा फार्ममा काम गर्नका लागि एक दम्पती (पति–पत्नी) लाई राखेको खुलेको छ । 

फार्मभित्रै शव फेला परेको भए पनि दम्पती त्यहाँ भेटिएनन्,’ डीएसपी बस्नेतले भने, ‘घटना उनीहरुले नै गराएको हो कि भन्ने आशंका छ । अनुसन्धानपछि मात्रै हत्यामा संलग्नका बारेमा पत्ता लाग्छ ।’ घटनास्थलमा नभेटिएका कारण हत्या गरेर फार्ममा काम गर्न राखिएका दम्पती फरार भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । 

घटनास्थलमा एउटा बन्चरो र दाउ फेला परेको छ । दुवै हतियार रगत लतपतिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । ‘मृत फेला परेका बजगाईंको टाउको क्षतविक्षत अवस्थामा छ । शरीरका अन्य भागमा पनि चोटपटक छ । घटनास्थलको अवस्थाले नै हत्या भएको हो भनेर प्रष्ट पार्छ,’डीएसपी बस्नेतले भने । 

बन्चरो र दाउले टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरेजस्तो देखिने उनले बताए । इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ । दाहाल नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजी तीव्र पारेको जानकारी बस्नेतले दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ