2026-06-20 03:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारतीय टोलीको एकदिवसीय र टी–२० को छुट्टाछुट्टै कप्तान बनाउने गौतम गम्भीरको तयारी

असार २७, काठमाडौँ । आफू भारतीय टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त हुनुअघि गौतम गम्भीरले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग पाँच बुँदे प्रस्ताव राखेका थिए । त्यसमध्ये एउटा बुँदामा उनले फरक–फरक ढाँचाको क्रिकेटका लागि छुट्टाछुट्टै कप्तान बनाउने विषय समावेश गरिएको थियो ।

आफ्नो त्यही योजना अनुरूप गौतम गम्भीरले निकट भविष्यमा हुने श्रीलंका भ्रमणका क्रममा एकदिवसीय र टी–२० टोलीमा छुट्टाछुट्टै कप्तान बनाउने तयारी अगाडि बढाएका छन् । बीसीसीआई स्रोतका अनुसार, प्रमुख प्रशिक्षक गम्भीरले टेस्टका लागि पनि छुट्टै कप्तान बनाउने भएका छन् ।


भारतीय टोलीले जुलाई २७ तारिखदेखि श्रीलंकाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । सोही भ्रमणमार्फत गम्भीरले पनि आफ्नो जिम्मेवारी समाल्नेछन् । श्रीलंका भ्रमणका क्रममा भारतले तीनवटा टी–२० अन्तर्राष्ट्रिय र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ ।

श्रीलंका भ्रमणका लागि पनि गम्भीरले एकदिवसीय र टी–२० टोलीको छुट्टाछुट्टै कप्तान बनाउने समाचारमा जनाइएको छ । उनले श्रीलंका भ्रमणका लागि रोहित शर्माको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउने तयारी अगाडि बढाएका छन् ।

हालै सम्पन्न टी–२० विश्वकपलगत्तै रोहित शर्मा र अर्का अनुभवी खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । एकदिवसीय र टेस्ट क्रिकेटमा भने उनीहरू सक्रिय रहने छन् ।

तर, श्रीलंका भ्रमणका क्रममा रोहित र विराट दुबैलाई आराम दिइने बताइएको छ । श्रीलंका भ्रमणपछि हुने इङ्ल्यान्डविरुद्धको शृंखलालाई ध्यानमा राखी रोहित र विराटलाई आराम दिन लागिएको समाचारमा जनाइएको छ ।

त्यसैले उनको अनुपस्थितिमा केएल राहुललाई एकदिवसीय टोलीको कप्तान बनाउन लागिएको हो । टी–२० टोलीको कप्तान भने हार्दिक पाण्ड्यालाई बनाइने भएको छ । यी दुवै खेलाडीसँग यसअघि पनि कप्तानको जिम्मेवारी समालेको अनुभव छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ