2026-06-20 03:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सशस्त्रको बिरगंज सिमा सुरक्षा गुल्म देशमै उत्कृष्ट

असार २७, बिरगंज । बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म राजश्व संकलन (अबैध सामान बरामद) गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै उत्कृष्ट भएको छ । 

गुल्म प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले बिरगंज भन्सार एरियाबाट मात्र तिनमहिना २० दिनको अवधिमा झण्डै ९ करोड बराबरको तस्करीको माध्यमले भित्र्याइएको अबैध भारतीय सामान बरामद गरेको हो ।


डिएसपी रिजाल स्वयं अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणमा तस्करीका मालसमान  बरामद गर्न सफल भएका हुन् ।

 प्रस्तावित भन्सार गुल्मको इतिहासमा हालसम्मकै सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरि भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एसपी सशी पाण्डेले बताएका छन् । 

डिएसपी रिजाल बिरगंज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । हाजिर भएको दिनदेखि आजको मितिसम्म मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैया मूल्य बराबरको तस्करीका मालसमान  बरामद गरि भन्सार बुझाएको डिएसपी रिजालले बताएका छन । 

गत चैत महिनामा  एक करोड ४७ लाख ६२ हजार ८९३ रुपैया, गत बैशाख महिनामा दुई करोड ६३ लाख एक हजार ८८२  ,जेष्ठ महिनामा दुइ करोड ४१ हजार २ ८९ रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको उनले बताएका छन।

त्यसैगरी असार महिनाको आज २७ गते समाचार तयार पार्दासम्म दुई करोड ६२ लाख ५९ हजार ९१९ रुपैया बराबरको अबैध तस्करीका समान बरामद गरि  भन्सार कार्यालयमा बुझाएको छ।

सोही अवधिमा २० किलो गाँजा, बिभिन्न किसिमका लागुऔषध कारोवारी, हुण्डी कारोवारी तथा तस्करीमा संलग्न महिला पुरुष गरी १५ जना मानिसलाई नियन्त्रमा लिएर आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको डिएसपी सुरज रिजालले जानकारी दिएका छन।

सशस्त्र प्रहरी बल बिरगंज गुल्मले तस्करीका मालसमान बरामद गरि भन्सार दाखिला गराउन नेपालमै अब्बल हुनसफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ