हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पो"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवलाई

१२ कार्तिक २०७३, शुक्रबार १३:०२

हरिश चन्द/कार्तिक १२ डडेल्धुरा। डोटिमा भएको एकता कप क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुरा स्पोर्टस क्लवले हात पारेको छ । डोटीको राजपुरमा शुक्रबार सम्पन्न फाइनल खेलमा वागलेक क्रिकेट क्लबलाई ३८ रनले स्तब्ध पार्दै डडेल्धुरा स्पोर्टस क्लवले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको डडेल्धुरा स्पोर्टस क्लवका कप्तान सन्तोष भट्टको उत्कृष्ठ प्रदर्शनले निर्धारित २० ओभरमा नटआउट १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वागलेक क्रिकेट क्लबले १७.४ बलमा पुरै विकेट गुमाउदै १४३ रनमा समेटिन पुग्यो । डडेल्धुरा स्पोर्टस क्लबका लागि कप्तान सन्तोष भट्टले सर्वाधिक ६५ रन जोड्दै खेललाई उचाईमा पु¥याऐ । फाईनल खेलमा अरुण ऐरी ५४ र रोशन नेपालीले ३५ रनको योगदान दिदै खेललाई जीत तर्फ धेकेलेका थिए । विकेट किपर हरिष चन्द ३ रन जोड्दै नटआउट रहे । यस्तै बलिङ तर्फ अरुण ऐरी ४, सन्तोष भट्ट २, कमल सिहं ऐरी २ र सुनिल तामाङले १ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरे ।
        यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका म्यान अफ द सिरिज बड्ड सप्लायर्सका दिपेन्द्र चन्द भए भने प्रतियोगिताको फाइनल खेलमा म्यान अफ दि म्याच अरुण ऐरी भए । बेष्ट ब्याट्स म्यान रोशन नेपाली भए ।        प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख र द्धितिय हुने टिमले रु ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै म्यान अफ दि सिरिज, म्यान अफ दि म्याच भएका खेलाडीलाई नगद तिन हजार सहित ट्रफि, प्रमाण पत्र प्रदान गरिएको छ । डोटी उद्योग वाणिज्य संघ, सेती सप्लायर्स र सामाजिक रुपान्तरणका लागि सृजनशील समाज युवाको आयोजनामा ‘राष्ट्रका लागि खेल, स्वास्थ्यको लागि खेल’ भन्ने मूल नाराका साथ खप्तड रंगशालामा भएको प्रतियोगितामा सुदूरपश्चिमका १६ टिमको सहभागिता  थियो । 
 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता