2026-06-19 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टाउकोमा ढुंगा बज्रिँदा पनि ब्रेक लगाउन भ्याउँदा जोगियो ३० जनाभन्दा बढीको ज्यान, आफू भने बिते

असार २८, काठमाडौँ । निरन्तर वर्षाका बीच लु२ख ६५६६ नम्बरको बस बिहीबार राति रुपन्देहीको बुटवलबाट ३० जनाभन्दा बढी यात्रु लिएर काठमाडौँका लागि प्रस्थान गर्‍यो।

बसमा चालक थिए- नवलपरासीको सुनवल नगरपालिका-४ घर भएका ३६ वर्षीय मेघराज विक। 

बस शुक्रबार (आज) बिहान ३ बजेतिर नारायणगढ-मुग्लिन सडकमा गुड्दै थियो।


उक्त सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ स्थित १७ किलो भन्ने स्थानमा माथिबाट सडकमा लेदोमाटो झरिरहेको थियो।

अँध्याराे नै थियो। चालक विकले बसको गति केही कम गरे। त्यही बेला एक्कासि लेदोसहितको ढ‌ु‌ंगा चालक विकको टाउकोमा बज्रियो।

बसमा सवार यात्रुहरू निकै अत्तालिए।

चितवन प्रहरीलाई यात्रुले बताएअनुसार चालक विकले दुखेको तोडमा पनि बस चलाइरहे र ५० मिटरजति पर लगेर ब्रेक लगाउन भ्याए।

जब होस गुमेकै अवस्थामा भए पनि चालक विकले ब्रेक लगाउन भ्याएकै कारण बस रोकियो र सवार ३० जनाभन्दा बढीको ज्यान जोगियो।

उनको अवस्था भने चिन्ताजनक भयो। टाउकोबाट धेरै रगत बग्न थाल्यो। यात्रुहरूले प्रहरीलाई खबर गरिदिए।

प्रहरीले तुरुन्त एम्बुलेन्स बोलाएर उपचारका लागि विकलाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज त पुर्‍याए।

तर गम्भीर घाइते विकको  उपचारका क्रममा बिहान ४ बजेतिर डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।

उनका अनुसार अन्य यात्रु भने सकुशल छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ