2026-06-19 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाडी आगजनी घटनामा प्रशासनले भन्यो- ‘टोली रेल सर्भे होइन, रोड सर्भेका लागि गएको थियो’

साउन २, काठमाडौँ । भरतपुर महानगरपालिका-७ कृष्णपुर प्लटिङ चाेकमा बुधबार दिउँसाे आगजनी भएकाे कारमा रेल सर्भे नभई राेड सर्भेका लागि आएका व्यक्तिहरू रहेको खुलेको छ । चितवन प्रशासनले सो कारमा रेल सर्भे नभई रोड सर्भेका लागि पुगेका कर्मचारी रहेको जनाएको हो ।

उनीहरूले आफूहरू गुगल म्याप अपडेटका लागि आएकाे बताएकाे चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जनकारी दिए ।


स्थानीयले दिउँसाे दुई बजे तिर वाग्मती प्रदेश ०१-०३० च ७१९० नम्बरकाे कारमा आगजनी गरेका थिए । साे कारमा श्री एसआर इन्जिनियरिङ साेलुशन काठमाडाैं कालाेपुलका नेभिगेटर बारा जितपुर सिमरा घर भएका अजित बस्नेत र चालक धादिङ गल्छीका दिलिप तमाङ रहेका थिए ।

साे क्षेत्र हुँदै पुर्व पश्चिम रेलमार्ग लैजान लागेकाे भनेर स्थानीयहरूले संघर्ष समिति नै गठन गरेर आन्दाेलित हुँदै आएका छन् । सर्भे गर्न आएकाे भनेपछि रेलवे कै काममा लागि आएकाे भनेर स्थानीयले कारलाई नियन्त्रणमा लिएका थिए ।

'स्थानीयले साेधखाेज गर्दै थिए । रेल विभागकाे टाेली आएकाे हाे या हैन भनेर हामीले प्रशासनमा पनि बुझ्दै थियाैँ । खै कसले हाे आगजनीसमेत गरे भन्ने सुनेँ,' रेलमार्ग पीडित संघर्ष समितिका सचिव रहेका दिब्य नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ