2026-06-19 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नौ दिनदेखि बेपत्ता सिक्किमका पूर्वमन्त्री पौड्याल मृत भेटिए

साउन २, काठमाडौँ । सिक्किमका पूर्वमन्त्री आरसी पौड्यालको शव भेटिएको छ । पौड्याल बेपत्ता भएको नौ दिनपछि सिलगढी नजिकैको नहरमा उनको शव भेटिएको हो । पौड्याललाई खोज्न सिक्किम सरकारले एसआईटी गठन गरेको थियो ।

मंगलबार सिलगढीको फुलबारीस्थित टिस्टा नहरमा ८० वर्षीय पौड्यालको शव तैरिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । शव टिस्टा नदीको माथिल्लो भागबाट बगेको हुनसक्ने आशङ्का गरिएको छ । घडी र कपडाबाट शवको पहिचान गरिएको हो ।

पौड्याल जुलाई ७ देखि पाक्योङ जिल्लास्थित गृहनगर छोटा सिंगतामबाट बेपत्ता भएका थिए । उनको खोजी गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको थियो । पौड्यालको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पौड्याल सिक्किम विधान सभामा उपसभामुख थिए । पछि उनी राज्यको वन मन्त्री भए ।

७०/८० को दशकको उत्तरार्द्धमा सिक्किम राज्यको राजनीतिक परिदृश्यमा पौड्याललाई महत्त्वपूर्ण व्यक्तित्व मानिन्थ्यो । उनले राइजिङ सन पार्टी खोलेका थिए । सिक्किमको सांस्कृतिक र सामाजिक गतिशीलताबारे उनमा गहन बुझाइ थियो ।

‘आरसी पौड्यालको असामयिक निधनले म अत्यन्तै दुःखी छु । उनी प्रतिष्ठित वरिष्ठ राजनीतिक नेता थिए । उनले सिक्किम सरकारमा मन्त्रीको रूपमा विभिन्न पदहरूमा सेवा गरेका थिए ।’ 

पौड्यालको निधनप्रति सिक्किमका मुख्यमन्त्री पीएस तामाङले आरसीप्रति दुःख व्यक्त गर्दै भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ