२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जापान पठाइदिन्छु भन्दै ८० लाख ठगी गर्ने पक्राउ

२०८१, ३ श्रावण बिहीबार ११:३६

साउन ३, तनहुँ | वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् । 

थापाले तनहुँको भीमाद नगरपालिका-५ घरभई हाल कास्की जिल्लाको पोखरा महानगरपालिका-१ बगर निवासी ३८ वर्षकी रुपासरा रानालाई ठगी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत रानालाई विश्वास दिलाई फेमिली भिसामा जापान पठाइदिन्छु भनी ठगी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता दीपककुमार रायले जानकारी दिनुभयो । 


प्रनाउ रायका अनुसार थापाले विभिन्न बैङ्क खातामा पैसा जम्मा गर्न लगाई ७९ लाख ९७ हजार नौ सय १९ निकाली सकेपछि उजुरीको आधारमा थापालाई पक्राउ गरेको हो ।

प्रहरीले निजको साथबाट चार लाख ८० हजार र विभिन्न सात वटा बैङ्कको चेक बुक समेत बरामद भएको छ । थापालाई ठगी सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै