2026-06-19 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धान रोपाइँका लागि चन्द्रनगर गएका थिए पूर्वराज्यमन्त्री राय, उतै मारिए

साउन ७,  सर्लाही  ।  गएराति सर्लाही चन्द्रनगर गाउँपालिका- १ रतनपुरमा धारिलो हतियार प्रहार गरी पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।

राय २०५६ सालमा भएको आम निर्वाचनमा सर्लाही- ३ बाट निर्वाचित भएपछि राजा ज्ञानेन्द्रको शासन कालमा केही महिना भूमिसुधार राज्यमन्त्री भएका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसका नेता रामहरि जोशीलाई हराउँदै राप्रपाबाट निर्वाचित भएका थिए। 


मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद रायका दाजुसमेत रहेका राय धान रोपाइँको लागि एक सातादेखि चन्द्रनगरस्थित घरमा बस्दै आएको खुलेको छ

उनका पत्नीसहितका आफन्त भने काठमाडौँमा बस्दै आएका प्रहरीले जनाएको छ। उनी एकजना आफन्तसमेत रहेका कामदार युवकसँगै घरमा बस्थे।  

ती युवकले राति १ बजे स्थानीय प्रहरीलाई घटनाबारे खबर गरेपछि मलंगवाबाट प्रहरी टोली घटनास्थलमा पुगेका थियो। 

उनको उखु काट्न प्रयोग हुने दाउले टाउकामा प्रहार गरेर हत्या भएको प्रहरीले जनाउको छ। कुराकानी गर्न भन्दै राति ९ बजेतिर नचिनेका ३ जना मान्छे घरमा आएपछि रायले ती युवकलाई माथि गएर सुत्न भनेका थिए। राति १ बजेतिर उठेर हेर्दा रायलाई मृत फेला पारेको ती युवकले बताएका छन्।

उनी दिउँसो मलंगवा नगरपालिका- ४ स्थित घर आएर पुनः चन्द्रनगर फर्किएका प्रहरी अनुसन्धानले देखाएको छ।

यो पनि:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो