2026-06-19 02:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

साउदी लिग जाने चर्चामा यी प्रिमियर लिगका स्टार खेलाडी

साउन ८,  काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र नेइमार जस्ता सुपरस्टार खेलाडी साउदी प्रो लिगमा गएपछि अहिले साउदी फुटबल ठुला खेलाडीको लक्ष्य हुन थालेको छ । अहिले खेलाडीको ट्रान्सफर विन्डो खुली रहेको बेला प्रिमियर लिगका ठुला खेलाडीले साउदी लिग जाने तयारी गरेका छन् ।

यस रिपोर्टमा साउदी प्रो लिगमा जानसक्ने प्रिमियर लिगमा खेलिरहेका हाइप्रोफाइल खेलाडीको बारेमा चर्चा गर्दै छौं ।


यस सूचीमा सबै भन्दा अगाडी आर्सनलबाट खेलिरहेका ब्राजिलका गाब्रियल जिससको नाम रहेको छ । आर्सनलमा पर्याप्त खेल समय नपाएका कारण असन्तुष्ट रहेका जिसस साउदी क्लब अल अहलीमा जानसक्ने बताइएको छ । हाल ब्राजिलको टिममा समेत नपरेका जिसस उनको पुर्व क्लब म्यानचेस्टर सिटीका सहकर्मी रियाद महरेजसँग पुनर्मिलन हुनसक्ने बताइएको छ ।

त्यस्तै ब्राजिलकै अर्को खेलाडी रिचार्लिसनले पनि साउदी लिग जान सक्ने बताइएको छ । हाल टोटनह्यामबाट खेलिरहेका रिचार्लिसनलाई अल अहली क्लबले नै चासो देखाएको छ । यस अघि उनी अल हिलाल जाने चर्चा रहेको थियो ।

साउदी जाने ठुलो खेलाडीको सूचीमा बेल्जियमका प्लेमेकर केभिन डी ब्रुनेको नाम अगाडी आएको छ । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका ब्रुनेले सिटी छोड्ने लगभग निश्चित रहेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार ब्रुनेले साउदी क्लब अल इत्तिहादसँग मौखिक सहमति गरिसकेको बताइएको छ । ब्रुने आफैले पनि केहि समय अघि युरोपमा दश बर्ष खेल्दा कमाएको पैसा साउदीमा एक बर्षमा कमाउन सक्ने भन्दै आफु नजिकका सबैले साउदी जान भनिरहेको बताएका थिए ।

त्यस्तै ब्राजिलियन गोलकिपर एडरसन पनि साउदी क्लब जाने लाइनमा रहेका छन् । हाल म्यानचेस्टर सिटीबाट खेलिरहेका एडरसनलाई साउदी क्लब अल इत्तिहादले अफर गरेको बताइएको छ ।

त्यसैगरी हाल लिभरपुलबाट खेलिरहेका ब्राजिलका अर्का गोलकिपर एलिसन बेकरलाई साउदी क्लब अल नासरले अफर गरेको बताइएको छ ।  उनको लिभरपुलका पुर्व सहकर्मी साडियो मानेसँग अल नासरमा पुनर्मिलन हुनसक्ने बताइएको छ ।

त्यस्तै लिभरपुलका स्टार खेलाडी मोहमद सलाहको नाम पनि साउदी लिग जानसक्ने खेलाडीको सूचीमा रहेको छ । सलाहलाई साउदी क्लब अल इत्तिहादले १५० मिलियन युरोको अफर गरेको बताइएको थियो । उनको लिभरपुलमा अब एक बर्ष सम्झौता रहेको छ । यस अवस्थामा उनी लिभरपुलमा खेलिरहने वा क्लब छोड्ने भन्ने विषय अझै स्पष्ट रहेको छैन । तर उनलाई साउदी क्लबले भित्र्याउने पहल भने गरिरहेका छन् ।

त्यस्तै हाल म्यानचेस्टर युनाइटेडमा खेलिरहेका ब्राजिलियन खेलाडी क्यासेमिरोलाई भित्र्याउन अल नासर र अल इत्तिहादले इच्छा देखाएका छन् । म्यानचेस्टर युनाइटेडले पनि क्यासेमिरोलाई बेच्ने बताइएको छ । युनाइटेडले क्यासेमिरोलाई ३० मिलियन युरोमा बेच्ने बताइएको छ ।

त्यसैगरी ब्राजिलियन मिडफिल्डर लुकास पाक्वेटा पनि अल नासरमा जाने सक्ने चर्चा चलेको छ । त्यसैगरी चेल्सीबाट खेलिरहेका स्पेनका गोलकिपर केपा आरिजाबालागा पनि साउदी क्लबको निशानामा रहेका छन् । उनलाई अल इत्तिहादले चासो देखाएको मिडिया रिपोर्टमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो