२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई कुट्ने धम्की दिएको आरोप

२०८१, ८ श्रावण मंगलवार ०९:०४

साउन ८, काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ । टेलिफोनबाट उक्त धम्की दिएको भन्दै भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका हुन् । 


मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरे । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनबारे नोटिस गरेको छु । एसपी साबसँग पनि कुरा भएको छ । उहाँलाई शान्ति सुरक्षा दिने कुरामा हामी प्रतिबद्ध छौँ ।’

नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए । भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते