११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज लक्ष्मीपूजा, देशभर दिपावली र भैलो खेलेर मनाइदै

१४ कार्तिक २०७३, आईतवार ०२:३२

कात्तिक १४, काठमाण्डौं । आज यमपन्चकको तेश्रो दिन, लक्ष्मीको पुजा र दिपावली गरि यो पर्व देशभरका हिन्दु धर्मावलम्बीहरुले मनाउंदैछन् ।

लक्ष्मीपूजालाई तिहारको निकै महत्वपूर्ण पुजा मान्ने गरिन्छ । धनधान्यकि देवीको रुपमा आज देशभरका घर-घर र बिभिन्न कार्यालयहरुमा लक्ष्मीको पुजा गरि रातभर दिप प्रज्वलन तथा झिलीमीली बत्ति बालेर लक्ष्मीलाई स्वागत गर्ने परम्परा छ । तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन मनाइने लक्ष्मी पुजाको रातलाई वर्षकै चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घर-घरै गई भैलो खेल्ने चलन छ । 

यसै अवसरमा आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा दीपावली गरिने भएकाले देशभर आजको दिन निकै रमणीय बन्छ ।

हरियो गाईको गोबरले लिपेर घर बाहिर देखि आफ्नो महत्वपूर्ण समग्री तथा धन भएको ठाउँसम्म लक्ष्मीलाई जाने बाटो बनाइन्छ र दीपावली गरिन्छ । त्यसपछि घरमा लक्ष्मीको पुजा गरिन्छ, जसको लागि आफुसँग भएका धन तथा महत्वपूर्ण कुराहरुको समेत पुजा गरिन्छ र त्यस्ता महत्वपूर्ण सामग्री तथा धन-सुनचाँदी तथा नगद कहिलै नरित्तियोस भन्ने कामना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजाको दिन भैलोलाई दान गर्दा अझै पुण्य कमाइने जनविश्वास छ । दिपावलीपछी बिशेष गरि आज र भोली बेलुका भैलो खेल्ने परम्परा छ भने भाई टिकाको दिनदेखि देउसी खेलिन्छ । भैलो पनि परम्परागत मान्यता अनुसार कन्या केटिहरुले खेल्नु पर्ने हो तर आजकाल परम्परा बिग्रेको छ, आजै देखि देउसी खेल्ने चलन चल्तीमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित