कात्तिक १४, काठमाडौं | तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पुजाको अवसरमा देशभर धनकि देवी लक्ष्मीको पूजा  गरि लक्ष्मीपूजा मनाइँदैछ । यसै अवसरमा गोंगबु स्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, काठमाडौं | तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पुजाको अवसरमा देशभर धनकि देवी लक्ष्मीको पूजा  गरि लक्ष्मीपूजा मनाइँदैछ । यसै अवसरमा गोंगबु स्थ"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझा सबाल डटकममा लक्ष्मी पूजा

१४ कार्तिक २०७३, आईतवार १२:०९

कात्तिक १४, काठमाडौं | तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पुजाको अवसरमा देशभर धनकि देवी लक्ष्मीको पूजा  गरि लक्ष्मीपूजा मनाइँदैछ । यसै अवसरमा गोंगबु स्थित साझा सबाल डट कमको कार्यालयमा आइतबार लक्ष्मी पूजा गरिएको छ ।

लक्ष्मीपूजालाई तिहारको निकै महत्वपूर्ण पुजा मान्ने गरिन्छ । धनधान्यकि देवीको रुपमा आज देशभरका घर-घर र बिभिन्न कार्यालयहरुमा लक्ष्मीको पुजा गरि रातभर दिप प्रज्वलन तथा झिलीमीली बत्ति बालेर लक्ष्मीलाई स्वागत गर्ने परम्परा छ । तिथिअनुसार कर्तिक कृ्ष्ण अमावस्याका दिन मनाइने लक्ष्मी पुजाको रातलाई वर्षकै चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्रि भनिन्छ । यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घर-घरै गई भैलो खेल्ने चलन छ । 

यसै अवसरमा आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा दीपावली गरिने भएकाले देशभर आजको दिन निकै रमणीय बन्छ ।

हरियो गाईको गोबरले लिपेर घर बाहिर देखि आफ्नो महत्वपूर्ण समग्री तथा धन भएको ठाउँसम्म लक्ष्मीलाई जाने बाटो बनाइन्छ र दीपावली गरिन्छ । त्यसपछि घरमा लक्ष्मीको पुजा गरिन्छ, जसको लागि आफुसँग भएका धन तथा महत्वपूर्ण कुराहरुको समेत पुजा गरिन्छ र त्यस्ता महत्वपूर्ण सामग्री तथा धन-सुनचाँदी तथा नगद कहिलै नरित्तियोस भन्ने कामना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ । लक्ष्मी पूजाको दिन भैलोलाई दान गर्दा अझै पुण्य कमाइने जनविश्वास छ । दिपावलीपछी बिशेष गरि आज र भोली बेलुका भैलो खेल्ने परम्परा छ भने भाई टिकाको दिनदेखि देउसी खेलिन्छ । भैलो पनि परम्परागत मान्यता अनुसार कन्या केटिहरुले खेल्नु पर्ने हो तर आजकाल परम्परा बिग्रेको छ, आजै देखि देउसी खेल्ने चलन चल्तीमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का