४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा आगलागीबाट तीस लाखको क्षति

१६ कार्तिक २०७३, मंगलवार ०८:०५

कात्तिक १६, उदयपुर । तिहारको लक्ष्मी पूजाको राति लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले उदयपुर जिल्लाको रामपुर ठोक्सिला र लिम्पाटारमा रु ३० लाख बराबरको क्षति भएको छ । 

आगलागीका कारण रामपुर ठोक्सिलास्थित प्रेमबहादुर राईको घरमा करिब रु १० लाख बराबरको क्षति भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । 

आगालागीबाट राईको घरको लत्ताकपडा र सबै अन्नपात र काठको घर जलेर नष्ट भएको पनि स्थानीय रमणकुमार भट्टराईले बताउनुभयो । 

यस्तै लक्ष्मी पूजाको राति नै घरमा लक्ष्मी पूजा गर्दा मैनबत्तीबाट सल्केको आगोले जिल्लाको पश्चिमी पहामडी गाविस लिम्पाटारमा स्थानीय शम्भु कार्कीको घरमा आगलागी हुँदा कार्कीको घर तथा घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयवासी प्रभु कार्कीले जानकारी दिनुभयो । कार्कीकै घरको आगो सल्केर अन्य छिमेकी तिलकबहादुर कार्कीलगायतको पनि घर गोठ जलेको छ । 

लिम्पाटारमा मात्र झन्डै रु २० लाख बराबरको धनमालको क्षति भएको स्थानीयवासीले बताएका छन् । 

मैनबत्ती बाल्दा मैनबत्तीबाट सल्केर आगलागी भएको पनि स्थानीय तथा प्रहरीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ