कात्तिक १६, परासी । गण्डक जल विद्युत केन्द्र सुर्यपुरा पावर हाउसको विद्युत उत्पादन अहिले शुन्यमा झरेको छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा हाल उत्पादित ४ मेगावा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १६, परासी । गण्डक जल विद्युत केन्द्र सुर्यपुरा पावर हाउसको विद्युत उत्पादन अहिले शुन्यमा झरेको छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा हाल उत्पादित ४ मेगावा"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

पानी बन्दको कारण बिद्द्युत उत्पादन शुन्य

१६ कार्तिक २०७३, मंगलवार ०८:१८

कात्तिक १६, परासी । गण्डक जल विद्युत केन्द्र सुर्यपुरा पावर हाउसको विद्युत उत्पादन अहिले शुन्यमा झरेको छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा हाल उत्पादित ४ मेगावाट पनि नहरमा पानीको अभावले शुन्यमा झरेको छ । भारत सरकारले वर्षको दुई पटक नहरको मर्मतका लागि ३० दिनदेखि ४० दिनसम्म नहर पानीमा रोक लगाउने गरेको छ । नहरको सरसफाई तथा मर्मतका लागि २५ अक्टुबरदेखि २५ नोभेम्बरसम्म भातर सरकारले पानी रोकेपछि विद्युत उत्पादन शुन्यमा झरेको होे । 

पावर हाउसमा विद्युत शुन्य भएको बेला विद्युत आपुर्ति गर्न पावर हाउसले भारतबाट १ सय ३२ किलो भोल्ट विजुली किनेर ३३ किभी र ११ किभी मा ट्रान्फर गरि जिल्लामा पठाउने गरेको पावर हाउसका निमित्त प्रमुख विरेन्द्र शाहले बताउनु भयो । निमित्त प्रमुख शाहका अनुसार पावर हाउसमा जडित ३ वटा टरवाईन मध्ये टरवाईन नंम्बर ३ मात्र संचालनमा रहेपनि भने १ र २ नम्बरको युनिटहरु अहिले बन्दमा अवस्थामा रहेको बताउनु भयो । 

टरवाईन नंम्बर १ पुर्ण रुपले ध्वस्त अवस्थामा छ भने लामो समयदेखि विग्रेको अवस्थामा रहेको टरवाईन नं. २ को मर्मत कार्य सम्पन्न भईसकेको र पानीको अभावले संचालनमा मात्र आउन नसकेको पावर हाउसले जनाएको छ । नहरमा पानी आएपछि ३ र २ नम्बरको दुईटै टरवाईन संचालनमा ल्याई ८ मेगावाट विद्युत उत्पाद गर्ने र जिल्लाको गण्डक, बर्दघाट, सुनवल, परासी र महेपुर क्षेत्रमा लोडसेडिङ्ग पुर्ण रुपले घटाउन पावर हाउसले लक्ष्य बोकेको जनाएको छ । 

भारत सरकारले सन १९६६ सालमा पावर हाउस प्रोजेक्ट शुरु गरि सन १९७९ मा मात्र संचालनमा ल्याएको थियो । भारत र नेपालको सम्झौता अनुसार पावर हाउस १९८१ सालमा भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । २५ वर्षमा पावर हाउसको सम्पुर्ण टरवाईन, जेनेरेटर र मेसिनहरु (रिहैबिटेशन) फेर्न पर्नेमा अहिले ३६ वर्ष भईसक्दापनि मर्मत गरि–गरि काम चलिरहेको पावर हाउसका कर्मचारीहरुले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य