२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्यापार संघ गोलबजारको कार्यालय सचिवको घरमा

१७ कार्तिक २०७३, बुधबार ०१:५२

राम नारायण पंडित, कात्तिक १७, सिरहा । उद्योग व्यापार संघ गोलबजारको कार्यालय वर्तमान कार्यसमितिका सचिबले आफ्नो घरमै संचालन गरी काम काज गरिहेका छन् । संघको कार्यालय भएपनि व्यापार संघका सचिब फुलगेन नायकले मनोमानी गर्दै कार्यालय आफनो घरमै संचालन गरिरहेकोले समस्या भइरहेको स्थानिय व्यापारीहरुले गुनासो गरेका छन् । यस सन्दर्भमा संघका उपाध्यक्ष धनिक लाल महतोसग सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन् ।

गोलबजारका व्यापारीहरुले संघको कार्यालय संचालन गरि कामकाज गर्नका लागि बर्तामान कार्य समितिका पदाधिकारीसंग आग्रह गरेका छन् । बर्तमान नेतृत्बले नियमित रुपले कार्यालय संचालन नगरेको खण्डमा बाध्य भएर व्यापारीहरुलाई आन्दोनमा उत्रिनु पर्ने गोलबजारका स्थानिय व्यापारी संतोष साहले चेताबनी दिए ।

यहि कार्तिक १५ गते देखि मंसिर १५ गते सम्मका लागि व्यापारीहरुलाई नया सदस्यताको लागि निबेदन दिन र पुरानो सदस्यतालाई नविकरण गर्नका समय दिए पनि बर्तमान नेतृत्बले हैकमबादी शासन गर्दै घरमै कार्यालय संचालन गरेकोले समस्या भइरहेको उनले आरोप लगाए । विगत १० बर्ष देखि व्यापार संघको चुनाब हुन नसकेकाले अबको चुनाबले कुशल नेतृत्ब चयन गर्नमा जोड दिने सुनचाँदी ब्यबसायी संघका केन्द्रिय सदस्य तथा स्थानिय व्यायपारी भरत अग्रबालले बताए । यता, अगामी महिना हुन गईरहेको संघको चुनाबको लागि जिबछ साह, दिपक नायक, भरत अग्रबाल र प्रमेश्बर साह लगायतक अध्यक्षका प्रत्यासी रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव