२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज कुन–कुन बाटोमा अवरोध

१८ कार्तिक २०७३, बिहीबार ०२:१८

कात्तिक १८, काठमाडौं । भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् । त्यतिवेला केही सडकखण्ड खाली गराइँदै छ ।

बिहीबार र शुक्रबार पनि काठमाडौंका सडकमा यातायात अस्तव्यस्त हुनेछ । प्रहरीका अनुसार बिहान ९ देखि ११ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नया“ बानेश्वर, माइतीघर, सिंहदरबार, थापाथली, जोरपाटी क्षेत्रमा अवरोध हुनेछ । त्यस्तै, दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, पुरानो बसपार्क, थापाथली, जोरपाटी, कोटेश्वर, पुतलीसडक, प्रदर्शनीमार्ग क्षेत्रमा सवारी अवरोध हुनेछ ।

साँझ ५ बजेदेखि बेलुकी ७ बजेसम्म सिंहदरबार, भद्रकाली, न्युरोड गेट, जमल, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, नागस्थान, ठमेल क्षेत्रमा मुखर्जीको सवारी छ ।

यसैगरी, साँझ साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, तिनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, लैनचौर, लाजिम्पाट, दरबारमार्ग, घन्टाघर, पुरानो बसपार्क, थापाथली, जोरपाटी, सोह्रखुट्टे, जयनेपाल, कोटेश्वर, पुरानो बानेश्वर, शंखमूल क्षेत्रको सडक प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । बेलुकी पौने ८ बजेदेखि बेलुकी पौने १० बजेसम्म बौद्ध, मित्रपार्क, चाबहिल, गौशाला, एयरपोर्ट, बत्तीसपुतली क्षेत्रमा सवारी छ ।

शुक्रबार भने भने एकपटक मात्र सडक अवरोध हुनेछ । मुखर्जी हायात होटेलबाट जनकपुर जान विमानस्थल जाँदा सडक अवरुद्ध हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म बौद्ध, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गौशाला, तिलगंगा, एयरपोर्ट सडक अवरोध हुने ट्राफिक प्रहरीले जनाएको छ । मुखर्जी जनकपुरबाट पोखरा पुगी काठमाडौं फर्किएर विमानस्थलबाटै भारत फर्कने कार्यक्रम छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव