राम नारायण पंडित, कात्तिक १८, सिरहा । सिरहाको मिर्चेयाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित, कात्तिक १८, सिरहा । सिरहाको मिर्चेयाम"/>
९ माघ २०८२, बिहीबार
समाज

मिर्चैयामा कुस्ति प्रतियोगिता सम्पन्न

१८ कार्तिक २०७३, बिहीबार ०२:४८

राम नारायण पंडित, कात्तिक १८, सिरहा । सिरहाको मिर्चेयामा बुधबार कुस्ति प्रतियोगिता सम्पन्न भएको छ । संस्कृतिक समबद्र्धन र खेलकुदको प्रवद्र्धनको गर्ने उदेश्यले लक्ष्मी पुजाको अवसरमा मिर्चैयमा आयोजना गरिएको तीन दिवसीय कुस्ति प्रतियोगिता सम्पन्न भएको छ ।

कुस्ती प्रतियोगितमा छिमेकी मुलुक भारत र नेपालका प्रसिद्ध कुस्तिवाजहरुले कुस्ति लडे्का थिए । कुस्तिमा उत्कृष्ट गरेका भारत चंडीगढ पंजाबका प्रदिप खाना, अध्योध्यका मुनु पहलमान र मध्यप्रदेशका बाबा नायक लगायतका पाँच जना पहलमानहरुलाई आयोजकले दोसल्ला ओढाई सम्मान गरेको लक्ष्मी पुजा मेला समिति मिर्चैया ६ मटियर्बाका सचिब रामप्रित साहले बताए ।

कुस्ति प्रतियोगितामा भारतका अयोध्या, मध्यप्रदेश, कानपुर, गजियाबाद, कुरुक्षेत्र त्यस्तै नेपालका बिभिन्न स्थानका पहलानहरुले कुस्तिको माध्यमले दर्शकहरुलाई मनमोहित गरेका थिए । यसैबिच एक जोडी महिला पहलमानले पनि कुस्तिको माध्यमले दर्शकहरुलाई झुमाएका थिए । प्रतियोगितामा पुरुष तिर मखन सिंह, अरविन्द यादब, मंगल यादब, भिम सिंह, सैतान सिंह, विरजु यादब र  महिला तिर रंजिता र सरिता पहलमानले कुस्ति लडेका थिए । यहि कार्तिक १५ गते नेपाल सरकारका कानुन मन्त्री अजय शंकर नायकले कुस्ति प्रतियोगिताको उदघाटन गरेका थिए । उक्त अबसरमा राष्ट्रपतिका स्बकिय सचिव जिवछ साह र नेकपा माओबादी केन्द्रका नेता जगत यादव लगायतका सहभागिता रहेको थियो । लक्ष्मी पुजाको अबसरमा आयोजना गरिएको तीन दिने कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानका दर्शकहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता