३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुनाको हत्या आरोपमा पक्राउ परेका शाहलाई धरौटीमा रिहा गर्न अस्वीकार ,मृत्युदण्डको सजाय हुन सक्ने

१४ भाद्र २०८१, शुक्रबार ०९:२६

भदौ १४, काठमाडौँ । २१ वर्षीय नेपाली विद्यार्थी मुना पाण्डेको हत्या गरेको आरोपमा  पक्राउ परेकालाई धरौटीमा रिहा गर्न स्थानीय अदालतले अस्वीकार गरेको छ । यो मामिलामा ५१ वर्षका बबीसिंह शाहले पक्राउ परेका थिए । पाण्डेको हत्या आरोपमा अमेरिकाको टेक्सस राज्यस्थित ह्युष्टन प्रहरीले शाहलाई बुधबार राति ९ बजेतिर  पक्राउ गरेको थियो । सिंहलाई पाण्डेको हत्या सम्बन्धमा दुई ओटा मुद्दा चलाइएको छ ।


 उनीमाथि हत्या र गैर कानुनी रूपमा हतियार बोकेर हिँडेको मुद्दा दायर भएको छ । यी अभियोगमा दोषी भेटिएमा सिंहलाई आजीवन कारावासदेखि मृत्युदण्डसम्मको सजाय हुन सक्नेछ । 

अदालतले केही सम्भाव्य कारण देखेर सिंहले माग गरेको जमानतको याचिका खारेज गरेको भन्दै एक स्थानीय अनलाइनले लेखेको छ । सिंहलाई अब मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराइनेछ । 

 ह्युष्टनमा नर्सिङ पढिरहेकी पाण्डे सोमबार आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन् । उनीमाथि कयौँ राउन्ड गोली प्रहार भएको थियो । डकैतीको क्रममा सिंहले पाण्डेलाई गोली हानेको सरकारी वकिलहरूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्थानीय पत्रपत्रिकाका अनुसार सिंह डकैती गर्ने उद्देश्यले पाण्डेको अपार्टमेन्टमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ