६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिआइपी मुभमेन्टमै समातियो रुपन्देहीबाट ३ ट्रक अवैध चिनी

१५ भाद्र २०८१, शनिबार ०९:२३

भदौ १५, भैरहवा । रुपन्देहीमा एक सातमै ३ ट्रक अवैध चिनी बरामद भएको छ । जिल्लामा भिआइपी मुभमेन्ट भएकै बेला भन्सार कार्यालयबाट खटिएको टोलीले ती सामान नियन्त्रणमा लिएका हुन । 

गत शनिबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालसहितको टोली रुपन्देही भएकै बेला लुम्बिनी रोड प्रकटेश्वर मन्दिर जाने बाटोबाट ट्रक सहित करिब २१० बोरा अवैध चिनी बरामद भएको थियो । ग २ ख १२९० नम्बरको ट्रकमा लोड भएको अवस्थामा उक्त चिनी बरामद गरिए पनि चालक फरार भएको थियो । 

बुधवार नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको भ्रमणको बेला पनि लुम्बिनी रोड अन्तर्गतकै वेथरीबाट भन्सार छली नेपाल भित्रिएको २ सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालक सहित नियन्त्रणमा आयो । लु २ ख २८३६ नम्बरको ट्रकमा उक्त परिमाणको अवैध चिनी ट्रक चालक मायादेवी गाउंपालिका २ तुलसीपुरका शिव कुमार यादवललाई नियन्त्रणमा लिइयो । चामल लोड गरेको बताउने चालकले सामान चेक जाँच गर्दा नेपाली बोरामा चिनी रहेको थियो । 

यस्तै आज पनि विहान २१० बोरा चिनी अवैध चिनी ट्रक सहित बरामद भएको छ । अहिले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डे रुपन्देहीमा छन । विहानको २ बजेको समयमा विशेष सूचनाको आधारमा भन्सार प्रमुख सहितको गस्ती टोलीले लुम्बिनी सास्कृतिक नगरपालिका १० मधुवनीबाट सो सामान बरामद भएको हो । बरामद सामान लैजादै गरेको अवस्थामा लुम्बिनी रोड अन्तगर्त पर्ने सो क्षेत्रबाट सशस्त्र प्रहरी बल डण्डाको सुरक्षामा नियन्त्रणमा लिएको हो । 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार लु २ ख ५३०५ नम्बरको ट्रकबाट नेपाली बोरामा लोड गरिएको अवस्थामा ७ लाख ८७ हजार ५ सय मुल्य बराबरको चिनी र ट्रक को १६ लाख मुल्याङकन गरि २३ लाख ८७ हजार ५ सयर मुल्य बराबरको सामान नियन्त्रणमा लिएको बताए । 

एक साता भित्रै बरामद भएको तिनवटै ट्रक सहितको चिनी उही प्रकृतिको ट्रकमा लोड गरेको अवस्थामा बरामद भएको छ । ट्रकको क्षमता १० टन भएकोले २१० बोरा चिनी लोड भएकै अवस्थामा बरामद भएका छन । स्रोतका अनुसार सिमा क्षेत्रबाट चिनी मोटरसाइकलमा ल्याई डम्पिङ गरि बाहिरी जिल्लामा पठाइने गर्न्छि । यस अघि बरामद चिनी पनि पोखरा लैजाने क्रममा नियन्त्रणमा लिइएको थियो । 

यसरी भिआइपी मुभमेन्ट भएकै बेला सुरक्षा निकायको ध्यान एकातर्फ हुदा तस्करहरुले मौकाको फाइदा उठाउदै आएको त हैनन् ? कि यो संयोग हो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने