२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युवतीमाथि सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ

१६ भाद्र २०८१, आईतवार ०६:४७

भदौ १६, काठमाडौँ | तालिममा सहभागी गराउने जनाएर होटेलमा पुर्‍याएर सामूहिक बलात्कारको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवालाई पक्राउ गरेको छ । स्थानीयका अनुसार डेढ साताअघि गाउँकै तीन व्यक्तिले ती किशोरीलाई तालिममा सहभागी गराउने भन्दै होटलमा पुर्‍याएका थिए । 

युवतीका आफन्तका अनुसार झुक्याएर होटलमा पुर्‍यााएपछि बन्धक बनाएर तीन जनाले बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मनोहर भट्टले शनिबार पीडितको जाहेरी प्राप्त भएपछि आरोपित तीन जनालाई पक्राउ गरिएको जनाए । ‘जाहेरी प्राप्त भएपछि हामीले घटनाको अनुसन्धान अगाडि बढाइसकेका छौं,’भट्टले भने, ‘पीडितलाई जिल्ला प्रहरी बोलाएका छौं, थप बुझेर घटनास्थल यकिन गरेपछि कारबाही थाल्छौं ।’

स्थानीयका अनुसार गत भदौ ५ गते कोटहीमाई–६,का मनोहर चौधरी (कुर्मी)ले तालिममा सहभागी गराउने भन्दै युवतीलाई मोटरसाइकलमा राखेर होटेलमा पुर्‍याएका थिए । त्यसपछि भैरहवानजिकै बनगाईमा रहेका कोटहीमाई–५, का मुकेशकुमार चौधरी (कुर्मी) र कोटहीमाई–३, का शैलेशकुमार पाण्डे पनि उक्त होटेलमा पुगेका थिए । युवतीका आफन्तले ती युवाले लुम्बिनीको एक होटेलमा पुर्‍याएर बन्धक बनाएर बलात्कार गरेको आरोप लगाएका छन् । होटेलमा पुर्‍याएपछि अरु सहभागी नदेखेर युवतीले घर फर्किने जनाएपछि युवाहरूले अन्य सहभागी आउँदै भनेर अल्झाएको युवतीका आफन्तले बताए ।

भदौ ६ गते बिहान मुकेशले नै युवतीलाई गाउँनजिक ल्याएर छाडेका थिए । ‘लोकलाजले गर्दा घटना लुकाएकी रहिछन्,’कोटहीमाईका एक स्थानीयले भने,‘दुई दिनअघि मात्रै गुप्ताङ्गबाट धेरै रगत बगेपछि घटना खुल्यो, अहिले युवतीको उपचार गराइएको छ ।’

घटना खुलेपछि युवतीका दाइले मुकेशलाई भेट्न बोलाएका थिए । त्यसक्रममा आरोपितमाथि कुटपिट भएको थियो । त्यसपछि अन्य दुई जनाको सहभागिताबारे खुलेको ती व्यक्तिले बताए । स्थानीयका अनुसार मनोहर कोटहीमाई गाउँपालिकाका शिक्षा प्राविधिक सहायक हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ