५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोरङमा केरा बगानभित्र दुई नाबालक दिदीबाहिनी मृत फेला, आमा बेपत्ता

१६ भाद्र २०८१, आईतवार ०७:५२

भदौ १६, काठमाडौं । मोरङमा दुई दुई दिदीबाहिनी मृत अवस्थामा फेला परेका छन्। 

सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्की र अस्मिता पौडेल (कार्की)का १ वर्षीया छोरी अर्पणा र ३ वर्षीया आयिका घर नजिकै केराघारीभित्र मृत फेला परेका हुन्। उनीहरुको हत्या भएको आशंका प्रहरीले गरेको छ। 

घर नजिकै स्थानीय नारायण न्यौपानेको केराको बगैँचाभित्र दुई बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 


‘उनीहरुको शव शनिबार साँझ भेटिएको हो,’ जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले  भने, ‘आमा २९ वर्षीया अम्मिता बेपत्ता छिन्। बुवासँग हामीले सोधपुछ गरिरहेका छौँ।’

मृत भेटिएका दुई बालिकाका बुवा अर्जुनले पति-पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन्।  बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच विवाद भएको प्रहरीले बताएको छ । छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की हिजो दिउँसो एकैठाउँमा मृत फेला परेका हुन् ।

स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको बेलबारी प्रहरीले जनाएको छ ।

‘उनले यसअघि पनि आफूहरुबीच घर झगडा हुँदा पत्नीले घर छाडेर हिँड्ने गरेको बताएका छन्,’ डीएसपी बस्नेतले भने, ‘उनैले घरबाट निस्किएका पत्नी र छोरीको खोजी गर्ने क्रममा शनिबार साँझ शव फेला परेको हो।’

बालिकाहरुको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा  फेला परेको डीएसपी बस्नेतले बताए। बालिकाको शवमा कुनै बाहिरी चोट पटक छैन। छोरीहरुको शव फेला परे पनि अस्मिता कहाँ गइन् केही नखुलेको प्रहरीले जनाएको छ।  छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्मिताले मोबाइल पनि केरा घारीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहानैबाट न्यौपानेको खोजी कार्य भइरहेको छ । स्थानीय र प्रहरीले सुन्दरहरैँचा आसपासको जंगलमा खोजी जारी राखेका छन् ।

२ छोरी मृत भेटिएको ठाउँ र नजिकैको जंगलमा खोजी गर्दा पनि आमा अहिलेसम्म नभेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

धनकुटाको पख्रिबास नगरपालिका-४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा-७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नजिकै आफ्नो लागि घर बनाउँदै थिए । प्रहरीले बालिकाका बुवा अर्जुनलाई निगरानीमा राखेर घटनाको अनुसन्धान अघि बढाएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी