२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्वकप लिग–२ को तयारीका लागि राष्ट्रिय क्रिकेट टोली श्रीलंकातर्फ

२०८१, १६ भाद्र आईतवार १०:५१

भदौ १६, काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेट को तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका उडेको छ। आइतबार नेपाल क्रिकेट संघ क्यानले क्याम्पका लागि टोलीलाई श्रीलंका पठाएको हो।

सेप्टेम्बर २ देखि ९ सम्म नेपालले श्रीलंकामा अभ्यास गर्ने क्यानले जनाएको छ। भ्रमणमा नेपालले श्रीलंका डेभ्लपमेन्ट टोलीसँग ३, ५ र ७ सेप्टेम्बरमा तीन एकदिवसीय अभ्यास खेल खेल्ने छ।


भारतको नेसनल क्रिकेट एकेडेमी बेंगलोरमा दुई साता अभ्यास गरेर राष्ट्रिय टोली चार दिनअघि नेपाल फर्किएको थियो।

नेपालले रोहितकुमार पौडेलको कप्तानीमा श्रीलंका भ्रमणलाई १९ सदस्य टोली घोषणा गरिसकेको छ। सो टोलीबाट नै क्यानडा जाने अन्तिम टोली पनि टुंगो लगाइने छ।

नेपालको टोली:

रोहित पौडेल (कप्तान), करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, आकाश चन्द, सागर ढकाल, र सन्दीप लामिछाने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन