२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

७ वर्षकी छोरी छाडेर हिडेकी जयन्ती एक सातादेखि सम्पर्कविहीन

१६ भाद्र २०८१, आईतवार ११:४८

भदौ १६, काठमाडौँ । लमजुङमा एक २८ वर्षीया आमा ७ वर्षकी छोरी छाडेर एक सातादेखि सम्पर्कमा छैनन् । उनको खोजीमा परिवारजन तिब्र रुपमा लागेको भए पनि हालसम्म फेला परेकी छैनन् ।

लमजुङको मरस्र्याङदी गाउँपालिका– ६ को ठूलीबेसी गाउँमा घर भएकी जयन्ती थापा अधिकारी छ दिन अघि अर्थात भदौ ९ गते आइतबारदेखि वेपत्ता भएकी हुन् । तर उनी भदौ १० गते सोमबारको अपह्रान्न ३ बजेसम्म लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा रहेको र त्यहाँबाट बेसीशहर नगरपालिका– २ स्थित भकुन्डे गाउँमा साथी भेट्न जान्छु भनी हिडेकी रहिछन् ।


उनी सोही दिन करीब ५ बजेबाट मोवाइलमा सम्पर्क बिहीन भएको उनको घरमा बसेर पढ्ने भाञ्जी आस्था अधिकारीले बताइन् । उनका अनुसार माइजुले ‘बैनीलाई राम्रोसँग हेर्नु अब म आउँदिन’ भनेर घरबाट निस्कनु भएको बताएकी छन् ।

जयन्तीका श्रीमान् लेखमान अधिकारी वैदेशिक रोजगारीका लागि मलेसियामा रहेको बताइएको छ । उनले घरमा अन्य कोही नभएको हुँदा श्रीमतीको साथीका लागि भाञ्जीलाई साथमा राखेर पढाउने समेत व्यवस्था गरेको बुझिन आएको छ ।

एक अपुष्ट समाचार अनुसार जयन्ती थापा अधिकारीले अनलाइनबाट जुवा खेल्ने गर्थिन् । त्यो क्रममा उनको ऋण करिब एक करोड नाघेको भन्ने सुन्नमा आएको उनका एक छिमेकीकीले बताए ।

त्यही रन्कोमा हिडेकी उनी बेसीशहर नगरपालिका–१ को दलाल टोलसम्म मोवाइलको लोकेसन देखिएको त्यसपछि मोवाइल अफ भएको देखिएको छ । ती छिमेकीले भने, उनी मोवाइल अफ गरी अन्यत्र कतै गएर जिउँदै रहेकी छन् कि ! त्यहाँ (दलाल) नजिकै रहेको मस्र्याङ्दी नदीमा फाल हालिन् भन्ने एकिन हुन सकेको छैन । अब उनका श्रीमान आएपछि थप खोजी कार्य अघि बढ्ने छिमेकीले बताएका छन् ।

जयन्ती थापा अधिकारीको माइती मरस्र्याङदी गाउँपालिका– ३ मा रहेको र छोरीको गतिविधिका बारे माइतीलाई समेत कुनै थाहा नभएको खुल्न आएको छ । वेपत्ता भएकी उनको खोजीका लागि सहयोग गरिदिन उनका अफन्तजनले प्रहरी,मानवअधिकार कर्मी, पत्रकारलगयातलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ