२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गण्डकीमा सरकारमा गयो एमाले, मन्त्रीहरुले लिए शपथ

२०८१, १७ भाद्र सोमबार ०९:०२

भदौ १७, पोखरा । गण्डकी प्रदेश सरकारमा एमाले सहभागी भएको छ । सोमबार एमालेका चार मन्त्रीले मन्त्रीको शपथ लिएसँगै एमाले गण्डकी प्रदेशमा सरकारमा गएको हो ।

गण्डकीमा कांग्रेसले मुख्यमन्त्री सहित ५ र एमालेले ४ मन्त्रालय लिएका छन् ।  यस अघि ७ मन्त्रालय रहेकोमा एमालेलाई सहभागी बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतबार मन्त्रलय फुटाएर ७ बाट ९ बनाएका थिए ।

एमालेबाट पद्मा जिसी श्रेष्ठ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, कृष्ण पाठक स्वास्थ्य मन्त्री, मित्रलाल बस्याल उद्योग तथा पर्यटन मन्त्री र प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गरेका छन् । 


यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेलाई जिम्मेवारी हेरफेर गर्दै वन तथा वातावरण मन्त्रीको जिम्मा दिइएको छ । मुख्यमन्त्री पाण्डेले मनाङे र फणिन्द्र देवकोटाले संकटको बेला सहयोग गरेको भन्दै कांग्रेसको कोटाबाटै मन्त्री कायम राखेका छन् ।

कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सो दलका डा. टकराज गुरुङले आर्थिक मामिला मन्त्री र विन्दुकुमार थापाले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै, फडिन्द्र देवकोटा जलस्रोत तथा सिँचाइ मन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन