२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

छोरालाई बिदाई गरेर फर्कंदा बकैया खोलाले बगाएकी नानुमायाको शव बारामा भेटियो

१७ भाद्र २०८१, सोमबार १२:४०

भदौ १७, काठमाडौँ । आइतबार (हिजो) बिहान मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला परेको छ।

सोमबार (आज) बाराको कोल्हबी नगरपालिका–२ स्थित बकैया खोलाको किनारमा तितुङ मृत अवस्थामा फेला परेकी हुन्। 


आइतबार निजगढबाट बकैया फर्कन खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको थियो। खोला तर्ने क्रममा उनलाई बगाएको तराई–मधेस फास्ट ट्रयाकमा काम गर्ने कामदारहरुले देखेका थिए। 

नानुमायाका छोरा छिरिङ तितुङ आज बैदेशिक रोजगारीका लागि साउदी अरव जाने तयारीमा थिए।

आफ्नो छोरालाई बिदाई गर्न निजगढसम्म पुगेकी नानुमाया छोरालाई बिदाई गरेर एक्लै हिँड्दै घर फर्किएकी थिइन्। 

घर फर्कने क्रममा खोला तर्दा उनलाई बाढीले बगाएको सोही वडाका वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक